साधना लघुवित्तले कमायो दुई करोड ७९ लाख
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा दुई करोड ७९ लाख ४२ हजार पाँच सय ६४ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा १२ करोड २० लाख ६४ हजार छ सय २४ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १८ करोड २२ लाख ५८ हजार तीन सय ४५ रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा एक अर्ब २८ करोड ३७ लाख ८५ हजार तीन सय ५७ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब आठ करोड ८४ लाख ६२ हजार पाँच सय ९३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २४ करोड ५३ लाख एक हजार एक सय ८४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ७७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा २७ लाख ६२ हजार नौ सय ४४ रुपैयाँ रहेको संस्थामा तीन दशमलव ४४ प्रतिशत स्प्रेडदर रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले एक अर्ब ३४ करोड २१ लाख ९० हजार चार सय २६ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ४२ करोड ६५ लाख २९ हजार एक सय १९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३३ करोड एक लाख एक हजार सात सय ६९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव २५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर छ दशमलव २४ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- तनहुँमा फस्टाउँदो ड्रागन खेती
- मुद्दा मिलादिने नाममा एक लाख ठगी गर्ने पक्राउ
- प्रधानमन्त्री दाहाल र एमसिसीका प्रमुख अधिृकतबीच भेट
- चीनको आर्थिक वृद्धि पाँच प्रतिशतमाथि हुने प्रक्षेपण
- कोभिड खोप शोधकर्ता दुई वैज्ञानिकलाई नोबेल पुरस्कार
- राजश्व छलीका ८० थान मोबाइलसहित एक जना पक्राउ
- प्राङ्गारिक कृषि उत्पादनबाट पर्यटन प्रवर्द्धन गर्न सकिन्छ : मुख्यमन्त्री शर्मा
- छुरा प्रहार गरी हत्या अभियोगमा १२ जना पक्राउ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया