Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारतीन अर्ब २१ करोड रुपैयाँले बढ्यो विकास बैंकहरूको चुक्ता पुँजी

तीन अर्ब २१ करोड रुपैयाँले बढ्यो विकास बैंकहरूको चुक्ता पुँजी


काठमाडौं । विकास बैंकहरूको कुल चुक्ता पुँजी तीन अर्ब २१ करोड ३० लाख रुपैयाँले बढेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको बैंक तथा वित्तीय संस्थाको निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी विस्तृत अध्ययन प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ को तुलनामा विकास बैंकहरूको चुक्ता पुँजी बढेको देखिन्छ । सोअनुसार आर्थिक वर्ष २०७८/७९ मा सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूको कुल चुक्ता पुँजी ३६ अर्ब ९९ करोड ४० लाख रुपैयाँ थियो । आर्थिक वर्ष २०७९/८० मा विकास बैंकहरूको यस्तो चुक्ता पुँजी बढेर ४० अर्ब २० करोड ७० लाख रुपैयाँ पुगेको छ ।

विकास बैंकहरूमा कायम रहेको कुल चुक्ता पुँजीमध्ये लुम्बिनी विकास बैंकले आर्थिक वर्ष २०७९/८० मा तीन अर्ब ३८ करोड २८ लाख २१ हजार दुई सय ८० रुपैयाँ कायम गर्दा कामना सेवा विकास बैंकले तीन अर्ब २८ करोड ११ लाख ६४ हजार छ सय ६० रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । क्षेत्रीयस्तरको नारायणी डेभलपमेन्ट बैंकले २६ करोड २४ लाख ६७ हजार छ सय रुपैयाँ चुक्ता पुँजी कायम गर्दा कर्णाली डेभलपमेन्ट बैंकले ५० करोड २८ लाख ३० हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । सांग्रिला डेभलपमेन्ट बैंकले तीन अर्ब २६ करोड ७५ लाख ९१ हजार सात सय १० रुपैयाँ चुक्ता पुँजी कायम गर्दा मितेरी डेभलपमेन्ट बैंकले एक अर्ब एक करोड ५० लाख एक हजार चार सय ३० रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । यस्तै ग्रीन डेभलपमेन्ट बैंकले ५१ करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । ज्योति विकास बैंकले चार अर्ब ३९ करोड ५७ लाख ८५ हजार आठ सय ८० रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकले ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी कायम गर्दा गरिमा विकास बैंकले पाँच अर्ब १८ करोड ७६ लाख ८७ हजार पाँच सय रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । सिन्धु विकास बैंकले भने पछिल्लो अवधिमा ५५ करोड ७४ लाख ५६ हजार ६० रुपैयाँ चुक्ता पुँजी कायम गरेकोमा मुक्तिनाथ विकास बैंकले छ अर्ब ४२ करोड नौ लाख दुई सय ७० रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ ।

राष्ट्र बैंकका अनुसार शाइन रेसुंगा डेभलपमेन्ट बैंकको चुक्ता पुँजी चार अर्ब २८ करोड ३८ लाख ८३ हजार दुई सय १० रुपैयाँ छ । महालक्ष्मी विकास बैंकले चार अर्ब १७ करोड १३ लाख १८ हजार छ सय रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । क्षेत्रीयस्तरका एक्सेल, साल्पा र सप्तकोशी डेभलपमेन्ट बैंकहरूले भने पछिल्लो अवधिमा क्रमशः एक अर्ब २४ करोड ९६ लाख ९० हजार, ३५ करोड र ८३ करोड ४३ लाख ४५० हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया