एभरेस्ट बैंकद्वारा गोरखाको मानव सेवा आश्रमलाई सहयोग
काठमाडौं । एभरेस्ट बैंकले मानव सेवा आश्रम गोरखालाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिकरूपले पिछडिएका वर्गको आयआर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षणसम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आइरहेको बैंकले जनाएको छ ।
बैंकले गोरखामा आयेजित एक विशेष कार्यक्रमका बीच मानव सेवा आश्रम गोरखालाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले आश्रमको गण्डकी प्रदेशका संयोजक मुना लामालाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले बैंकको सहयोगबाट आश्रममा आश्रित बेसाहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरूपमा अति कमजोर, सडक आश्रित मानवको उद्धार, उपचार, संरक्षण र पालनपोषणमा थप टेवा पुग्ने कुरा उल्लेख गरे ।
साथै, यस्ता निःश्वार्थ भावनाले मनै छुने तथा परोपकारी कार्य गर्ने संघसंस्थासँग भविष्यमा समेत हातेमालो गर्दै अगाडि बढिरहने प्रतिबद्धता व्यक्त गरे । साथै, आश्रमको गण्डकी प्रदेशका संयोजक मुना लामाले एभरेस्ट बैंकको सहयोगले आश्रममा आश्रित सम्पूर्ण मानवले अझ सुलभ सेवा लाभ लिन सक्ने कुरा उल्लेख गर्नुका साथै बैंकप्रति कृतज्ञता समेत प्रकट गरे । कार्यक्रममा बैंकका तर्फबाट बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, बैंकका गण्डकी प्रदेशका प्रादेशिक प्रबन्धक सुधीर गौतम, बैंकका गोरखा शाखाका प्रबन्धक सन्दिप खत्री र आश्रमका संयोजक ईश्वरकाजी मास्केको उपस्थिति रहेको बैंकले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया