फोनपे र एनआईपीएलद्वारा क्रस बोर्डर क्युआर भुक्तानीको सुरुवात
काठमाडौं । नेपालको भुक्तानी सञ्चालक फोन पे र नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा ‘एनआईपीयल’बीच क्रस बोर्डर क्युआर भुक्तानी सेवा सुरु गर्ने तयारी भएको छ । साझेदारीको बारेमा ग्लोबल फिन्टेक फेस्ट २०२३ मा अन्तिम विस्तृत छलफल भएको पेले जानकारी दिएको छ ।
फोनपे र एनआईपीयलबीचको यस सहकार्यले दुवै राष्ट्रका लाखौँ नागरिकलाई दुई नेटवर्कमा आबद्ध मोबाइल एप प्रयोग गरी विभिन्न स्टोरमा क्युआर कोडमार्फत सुरक्षित र सहजरूपमा भुक्तानी गर्न मद्दत गर्ने बताइएको छ । सो सेवाको लागि दुवै कम्पनीले सञ्चालन तयारी पूरा गरिसकेको बताएका छन् । प्राविधिक एकीकरणको समाप्तिपश्चात् यी दुई कम्पनी आफ्नो नेटवर्कमा आबद्ध सदस्यलाई सेवा प्रदान गर्न सक्षम हुने बताइएको छ । जसअनुरूप लाखौँ उपभोक्ता र व्यापारीले सेवाको लाभ लिन सक्ने बताइएको छ । दुई कम्पनीबीचको रणनीतिक साझेदारीले दुवै देशमा डिजिटल भुक्तानी परिवेशमा उल्लेख्य बढावा दिने बताइएको छ ।
फोनपेका सभापति तथा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालका अनुसार यो उल्लेखनीय प्रक्षेपण, दुवै देशका नागरिकको हितका लागि प्रविधिको प्रयोग गरी नेपाल र भारतबीचको वित्तीय सम्पर्क अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण कदम हो । ‘म विश्वस्त छु कि यस पहलले दुई देशबीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्वपूर्ण योगदान पु-याउनेछ’ उनले भने ‘अन्ततः समृद्धि र विकासलाई बढावा दिनेछ ।’
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया