एनआईसी एसियाबाट फण्ड ट्रान्सफर गर्दा मोबाइल जित्ने अवसर
काठमाडौं । एनआईसी एसिया बैंकले कनेक्ट आईपीएससँँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ ग्राहकका सुविधा दिने योजना ल्याएको छ । बैंकले फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा अफर सार्वजनिक गरेको हो । सो अफरअन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली मोबाइल बैकिङ ग्राहकले बैंकको मोबाइल बैकिङ एप प्रयोग गरी कनेक्ट आईपीएसमार्फत फण्ड ट्रान्सफर गर्दा एउटा थान स्मार्टफोन जित्न सक्ने बैंकले जनाएको हो ।
यही भदौ १७ गतेदेखि असोज २० गतेसम्म लागू हुने यो अफरअन्तर्गत एकजना ग्राहकलाई हप्ता सकिएपछि ‘लक्की ड्र’मार्फत विजेता घोषणा गरिने बताइएको छ । विजेताको जानकारी एनआईसी एसिया बैंकको आधिकारिक सामाजिक सञ्जालहरूमार्फत सार्वजनिक गरिने बैंकको भनाइ छ । फण्ड ट्रान्सफर गर्न आफ्नो मोबाइल बैंकिङ सेवा एपमा लग इन गरी मोबाइल स्क्रिनको तल्लो भागमा रहेको फण्ड ट्रान्सफर अप्सनमा क्लिक गरेर अदर बैंक युजिङ कनेक्ट आईपीएस छनौट गर्नुपर्ने बताइएको छ । यसरी फण्ड ट्रान्सफर गर्दा कनेक्ट आईपीएसमा छुट्टै दर्ता गर्न आवश्यक नपर्ने पनि बैंकले जनाएको छ । फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैकिङको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रवद्र्धन गर्ने विश्वास बैंकले लिएको छ । हाल २४ लाखभन्दा बढी मोबाइल बैंकिङ ग्राहकले मोबाइल बैंकिङ एप प्रयोग गरिहेको बैंकले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- पेट्रोलियम पदार्थको मूल्य बढ्यो
- सरकार र चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया