कृषि विकास बैंकको मोबाइल बैंकिङ नयाँ भर्सनमा
काठमाडौं । कृषि विकास बैंकले विद्युतीय भुक्तानीको कारोबारमा जोड दिएको छ । आई डिजिटल एडीबीएल भन्ने नाराका साथ विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्राथमिकता साथ सञ्चालन तथा परिमार्जन गरिएको बैंकले जानकारी दिएको छ ।
सोहीअनुसार भदौ २२ गते शुक्रबारबाट बैंकको मोबाइल बैकिङ सिस्टम अपग्रेड गरेको बैंकको भनाइ छ । बैंकका करिब पाँच लाख मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताको कारोबारको सुरक्षा तथा थप सेवा उपयोग गर्न सरल र सहज हुने हिसाबले आकर्षक इन्टरफेससहित मोबाइल बैंकिङको नयाँ भर्सन एडीबीएल प्लस जारी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी दिए । बैंकको नयाँ भर्सन एडीबीएल प्लस मोबाइल बैंकिङमा मोबाइल बैंकिङको युजर पासवर्ड प्रयोग गरी वेभबाट लगइन गर्न सकिने र यसरी लगइन गर्दा इन्टरनेट बैंकिङ सेवा सरहको भुक्तानी सीमा कायम हुने, बैंकले उपलब्ध गराएका डेविट कार्ड, मुद्दती खाता, व्यक्तिगत कर्जालगायतका सेवाहरूको ब्याजदर, कारोबार रकम तथा म्याचुरिटी डेट हेर्न सकिने, विभिन्न वालेटमा ब्यालेन्स लोड गरी कारोबार गर्न सकिने, मोबाइलको लेआउटमा पर्याप्त ध्यान दिई सेवाग्राहीका लागि सजिलो युजर इन्टरफेस तयार गरिएको लगायतका सुविधाहरू रहेका छन् ।
यसबाहेक ग्राहक सेवामा देखिएका समस्या तथा जानकारीहरू सम्प्रेषण गर्न सकिने गरी कस्टमर फिडब्याकसम्बन्धी व्यवस्था गरिएको, बैंकले उपलब्ध गराएको डेबिट कार्ड हराएमा वा चोरी भएमा मोबाइल बैंकिङबाट कार्ड ब्लकका लागि अनुरोध गर्न सकिने, डेबिट कार्डको पिन बिर्सेमा पुनः अनुरोध गर्न सकिने, चेक बुक तथा बैंक विवरण अनुरोध गर्न सकिने, बचत खातामा भएको रकमबाट मुद्दती खाता खोल्न सकिने, रजिस्ट्रेसन गर्दाका बखत नै विभिन्न प्रश्नहरू सेट गरी मोबाइल बैंकिङ कारोबारलाई थप सुरक्षित गर्न सकिने, टुवे अथेन्टिकेसन गरी कारोबारको सुरक्षा गर्न सकिने, खातावालाको प्रोफाइल, खाताको विवरण, कारोबारको विवरणलगायत अन्य क्विक पेमेन्टसम्बन्धी फिर्चसहरू थप भएको, बैंकका विभिन्न सेवाको जानकारी प्राप्त गर्न सकिने व्यवस्था भएको, विभिन्न मर्चेन्टको बिल भुक्तानी गर्न सकिने, अनलाइन अकाउन्ट, ब्याजदर, ब्रान्च नेटवर्कलगायत बैंकका विभिन्न सेवाहरूको जानकारी लिन सकिने, रजिस्ट्रार्ड मोबाइलबाट ग्राहकले मोबाइल बैंकिङ सेवा बन्द गर्न चाहेमा ब्लक लेखि ३२४२५ मा एसएमएस पठाएर सेवा रोक्का गर्न सकिने लगायतका सुविधाहरू रहेको बैंकले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया