ट्रेजरी बिलबाट पुनः आठ अर्ब ५० करोड रुपैयाँ उठाइँदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ २५ गते अर्थात् सोमबार पुनः आठ अर्ब ५० करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । चालू आर्थिक वर्षमा सरकारको विभिन्न खर्चका लागि कुल दुई खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने दायित्व बोकेको राष्ट्र बैंकले आज पुनः ट्रेजरी बिलको बिक्रीमार्फत आठ अर्ब ५० करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउन लागेको हो ।
राष्ट्र बैंकका अनुसार आज अपराह्न तीन बजेसम्म बोलकबोलको माध्यमद्वारा उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । बिक्री हुने यो बिल पुरानो नवीकरणअन्तर्गत रहेको राष्ट्र बैंकको भनाइ छ । जारी मिति भदौ २६ गते मंगलबार तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले बोलकबोल पेस गर्न सक्ने बताइएको छ । बिक्री गरिने यो ट्रेजरी बिल ९१ दिन अवधिको रहेको छ भने परिपक्व हुने अवधि २०८० मंसिर २६ गते तोकिएको छ ।
गत साता पनि राष्ट्र बैंकले कुल २० अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरी सरकारको लागि आन्तरिक ऋणको जोहो गरिदिएको थियो । यसको लागि राष्ट्र बैंकले २८ दिन अवधिको पाँच अर्ब, ९१ दिन अवधिको छ अर्ब चार करोड ५० लाख, एक सय ८२ दिन अवधिको सात अर्ब र तीन सय ६४ दिन अवधिको दुई अर्ब रुपैयाँ बराबरको टे«जरी बिल जारी गरेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया