नेपाल लाइफका अभिकर्ताले सिंगापुरमा फहराए नेपालको झण्डा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका चार जना एजेन्सी मेनेजरहरूले सिंगापुरमा आयोजित एमडीआरटी ग्लोबल कन्फिरेन्समा सहभागिता जनाएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार विश्वस्तरीय मान्यताप्राप्त बीमा अभिकर्ताको प्रतिष्ठित संस्था एमडीआरटीले आफ्नो ग्लोबल कन्फिरेन्स सिंगापुरमा भव्यताका साथ सम्पन्न गरेको हो । २७ देखि ३० अगस्टसम्म चलेको कार्यक्रममा विश्वभरबाट लगभग सात हजार पाँच सय जनाको उपस्थिति रहेको थियो ।
नेपाल लाइफ इन्स्योरेन्सबाट नेपाललाई प्रतिनिधित्व गर्दै कार्यक्रममा रामचन्द्र गौतम, रमा बुढाथोकी बस्नेत, सोमली शेर्पा र नेत्रकुमारी बुढाथोकीले सहभागिता जनाएको कम्पनीले जनाएको छ । उनीहरूले अन्तर्राष्ट्रियस्तरमा देशको झण्डा फहराउन पाउँदा आफूलाई निकै गौरवान्वित महसुस भएको र सो अवसर सिर्जना गरिदिएकोमा नेपाल लाइफ इन्स्योरेन्सलाई धन्यवाद ज्ञापन गरे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यसरी अन्तर्राष्ट्रियस्तरमा देश र कम्पनीको प्रतिनिधित्व गर्नु गौरवको कुरा भएको बताए । यस्तो एक्सपोजरले व्यक्तित्व विकासका साथै आफ्नो लर्निङ कर्भलाई माथि लैजान निकै सहयोग पुग्ने बताए । कम्पनीले धेरैभन्दा धेरै अभिकर्तालाई एमडीआरटी बन्न उत्प्रेरणा प्रदान गरिरहेको कुरा पनि उनीहरूले जानकारी गराए ।
‘किनकि जीवन अमूल्य’ छ भन्ने मूल नारालाई आत्मसाथ गर्दै २२ वर्षदेखि नेपालीहरूको घरदैलोमा जीवनबीमासम्बन्धी सम्पूर्ण सेवा प्रवाह गर्दै आएको नेपालको सर्वाधिक विश्वासिलो जीवनबीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०८० असार मसान्तसम्ममा लगानी एक खर्ब ७२ अर्ब रुपैयाँ रहेको छ भने जीवनबीमा कोष करिब एक खर्ब ६३ अर्ब रुपैयाँ सञ्चित रहेको छ । कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर फैलिएका आफ्ना करिब एक सय ९२ कार्यालय सञ्जालमार्फत जीवनबीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया