सनराइज क्यापिटलको शैक्षिक पहलः नेपालको पुँजीबजारमा युवा सशक्तीकरण
काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले स्नातक विद्यार्थीहरूलाई लक्षित गर्दै महत्वाकांक्षी शैक्षिक पहल अनावरण गरेको छ । लक्ष्मी सनराइज बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनीले पुँजीबजार लगानीसम्बन्धी चेतना र ज्ञान अभिवृद्धि गर्न समर्पित आप्mनो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तो कार्यक्रम गर्न लागेको हो ।
नेपालका प्रत्येक प्रदेशमा साक्षरता अभियान पु-याउने लक्ष्य रहेको क्यापिटलले जनाएको छ । देशभर वित्तीय साक्षरताको संस्कृतिको पालनपोषण गर्दै व्यक्ति र संस्था दुवैलाई सशक्त बनाउने, आफ्नो केन्द्रीय उद्देश्यका साथ सनराइज क्यापिटलले सन्तोषी टोलमा अवस्थित धनगढी प्रदेश–७ सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए कलेज) मा लगानीकर्ता जागरूकता कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रममा दुई सयभन्दा बढी उत्साही विद्यार्थी र संकायले भाग लिएका थिए । जसले कार्यक्रम सत्रहरूमा अत्यधिक अन्तरक्रियात्मक र सहयोगी थिए । सनराइज क्यापिटल लिमिटेडका इन्भेस्टमेन्ट बैंकिङका विभागीय प्रमुख विनोद आलेले पुँजीबजारका विभिन्न कार्यात्मक पक्षजस्तै डिम्याट खाता र यसको सञ्चालन, पोर्टफोलियो व्यवस्थापन, म्युचुअल फण्ड, सल्लाहकार सेवा, एसआईपी लगानी र धेरै आधारभूत आवश्यक विषयहरूमा विस्तृत अन्तर्दृष्टि प्रदान गरे । बीटा एनालिटिक्सका विक्रम चित्रकार र सञ्जीव घिमिरेद्वारा आयोजित तथ्यात्मक तथ्याङ्कयुक्त प्रशिक्षण सत्रमार्फत कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताइएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- हिमाल रेमिटको रेमिट्यान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंकबाट
- नेसनल लाइफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम
- गौशालामा साजन हुसेन माथि छुरा प्रहार
- अनुदानको मल व्यापारीलाई बेच्ने सहकारीलाई बैतेश्वर गाउँपालिकाले कारबाही गर्ने
- मिड सोलु हाइड्रोपावरको सेयर रजिस्ट्रारमा एनआईसी एसिया क्यापिटल
- हिमालयन रिको प्रमुख कार्यकारीमा पौडेल
- नबिल बैंकको नयाँ शाखा मोरङमा
- एमसीसीकी सिइओ एलिस र पूर्व प्रधानमन्त्री देउवाबीच भेटवार्ता
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया