Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेञ्चुरी बैंक र एफवान सफ्टबीच मोबाइल बैंकिङ सेवाका लागि सम्झौता

सेञ्चुरी बैंक र एफवान सफ्टबीच मोबाइल बैंकिङ सेवाका लागि सम्झौता


काठमाडौं, वैशाख २२
सेञ्चुरी कमर्सियल बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच सम्झौता भएको छ । बैंकले मोबाइल बैंकिङ सेवाको लागि एफवाट सफ्टसँग सम्झौता गरेको हो । सम्झौतामा बैंकका तर्फबाट चिफ बिजनेस डेभलपमेन्ट अफिसर सुवासबहादुर श्रेष्ठ र एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अब बैंकले सेञ्चुरी–पे नामक मोबाइल एप्समार्फत मोबाइल बैंकिङ सेवा उपलब्ध गराउनेछ ।

सेञ्चुरी–पेमार्फत ग्राहकले ५० भन्दा बढी बैंकका खातामा रकम ट्रान्स्फर, बिजुलीको महशुल, टीभी, इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, हवाइ जहाज, बस तथा सिनेमाको टिकट खरिदका साथै एक लाखभन्दा बढी मर्चेन्टमा क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिनेछ । यसैगरी सेञ्चुरी–पेमा आफ्नो मोबाइलमार्फत आफैँ मोबाइल बैंकिङ एक्टिभ गर्न सकिनुका साथै फिङ्गर प्रिन्ट इनेबल गरी सहजै कारोबार गर्न सकिनेछ । एफवान सफ्टले तयार गरेको यो मोबाइल एप्समा अत्याधुनिक सुरक्षा प्रणाली अपनाइएको छ ।

देशकै कान्छो वाणिज्य बैंकको रूपमा स्थापित सेञ्चुरी कमर्सियल बैंकले अत्याधुनिक किसिमको बैंकिङ सेवा दिँदै आएको छ । बैंकले हाल एक सय १३ शाखा, १० एक्टेन्सन काउन्टर, १७ शाखारहित बैंकिङ, ८३ वटा एटीएममार्फत सेवा दिँदै आएको छ । सफ्टवेयरको क्षेत्रमा ख्याति कमाएको एफवान सफ्ट कम्पनी नेपालका ठूला आईटी कम्पनीमध्येको एक हो ।

सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तीय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाललगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ । एफवान सफ्टकै भगिनी संस्था इ सेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान पेमेन्ट गेट–वे कम्पनी हो । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ६५ करोड दुुई लाख ८७ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने ४२ करोड ३० लाख पाँच हजार रूपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ५१ करोड ८१ लाख ६८ हजार रूपैयाँ रहेको थियो । चुक्ता पुँजी आठ अर्ब ४१ करोड ५४ लाख ७२ हजार रूपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ६१ अर्ब २४ करोड ७८ लाख ८२ हजार रूपैयाँ निक्षेप संकलन गरी ५९ अर्ब ५० करोड ७१ लाख २३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ५२ करोड ७८ लाख ६१ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंक्मा एक दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

गत आवको सोही अवधिमा बैंकले ६० अर्ब २७ करोड ६४ लाख ९६ हजार रूपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब ९३ करोड ४१ लाख २६ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ३३ करोड ९३ लाख ५९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ८४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया