गरिमा विकास बैंकको तीज विशेष गीत
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नेपाली नारीहरूको महान चाड हरितालिका तीजलाई लक्षित गरी तीज विशेष गीत सार्वजनिक गरेको छ । करिब तीन मिनेट लामो उक्त गीतमा चर्चित लोकगीत गायक एवं संगीतकार घनश्याम रिजालको शब्द र सुमधुर स्वरकी धनी गायिका समीक्षा अधिकारीको स्वर रहेको छ । बैंकको आधिकारिक युट्युब च्यानल र टिकटकबाट उक्त गीत हेर्न र सुन्न सकिने बैंकले जनाएको छ ।
साथै, हरितालिका तीजलाई अझ विशेष बनाउने हेतुले बैंकले तीज विशेष टिकटक प्रतियोगिता पनि आयोजना गरेको छ । ‘गरिमा तीज’ बंैकले जारी गरेको तीज विशेष गीतमा टिकटक भिडियो बनाउनेमध्ये सबैभन्दा धेरै लाइक आउने उत्कृष्ट १० भिडियोमध्ये प्रथमलाई ३० हजार, द्वितीयलाई २० हजार, तृतीयलाई १० हजार र बाँकी सातवटा भिडियोलाई जनही पाँच हजार रुपैयाँ सान्त्वना पुरस्कार राशि प्रदान गरिने बैंकले जनाएको छ । प्रतियोगितामा भाग लिने प्रतियोगीले भिडियो बनाउँदा बैंकले तोकेको सम्पूर्ण नियम तथा सर्तहरूको पालना गर्नुपर्ने बताइएको छ । बैंकले हाल नेपालभर एक सय २१ वटा शाखा कार्यालय, ५० एटीएम र डिजिटल बंैकिङ (गरिमा डिजी बटुवा, डेबिट तथा क्रेडिट कार्ड, स्मार्ट क्युआरलगायत) मार्फत सरल, सुरक्षित एवम् गुणस्तरीय सेवा प्रदान गर्दै आएको बैंकको दाबी छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया