सांग्रिला डेभलपमेन्ट बैंक र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीले हिमाल डेन्टल हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच सो सम्बन्धमा सोमबार सम्झौता भएपछि ग्राहक र कर्मचारीहरूले यस्तो छुट पाउने भएका हुन् ।
सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र हिमाल डेन्टल हस्पिटलको तर्फबाट निर्देशक डा राजेन्द्र भट्टले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार हिमाल डेन्टल हस्पिटलले बैंकका ग्राहक तथा कर्मचारीलाई विभिन्न किसिमका ओपीडी, सर्जरी, औषधी तथा दाँतसँग सम्बन्धित सम्पूर्ण उपचारमा २० प्रतिशत छुट प्रदान गर्नेछ । यसबाट बैंकका कर्मचारी तथा ग्राहकहरूले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया