वाणिज्य बैंकको शाखा वालिङमा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नं.८ स्थित शाखा कार्यालय वालिङको उद्घाटन गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आइतबार विधिवत्रूपमा शाखाको उद्घाटन गरेका छन् । यसपश्चात् बैंकको देशभर दुई सय ८२ वटा शाखा कार्यालय सञ्चालनमा आएको छ । उक्त अवसरमा मन्त्री धनराज गुरुङले सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेकोमा खुसी लागेको बताउँदै नगरको समग्र विकासमा बैंकको महत्वपूर्ण भूमिका हुने बताए । उनले व्यवसायीलाई आफ्नो आर्थिक कारोबार बैंकसँग जोडिएर गर्न आग्रह गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको कर्जाको ब्याजदर तुलनात्मकरूपमा कम भएको र निक्षेपमा आकर्षक ब्याजदर भएकाले व्यवसायीलाई निर्धक्कसँग बैंकिङ कारोबार गर्न आग्रह गरे ।
कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँड, वालिङ नगरका विभिन्न वडाका वडाध्यक्षहरू, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरू, समाजसेवीहरू, उद्योगी व्यवसायीहरू, नेपाली सेना, नेपाल प्रहरी, अन्य स्थानीय संघसंस्थाका प्रतिनिधिहरू, बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, बागमती प्रदेशका प्रादेशिक प्रबन्धक ध्रुव अर्याल, शाखा प्रबन्धकहरू, कर्मचारीलगायत सर्वसाधारणहरूको उपस्थिति रहेको थियो । कार्यक्रम प्रबन्धक जितेन्द्रसिंह थापाले सञ्चालन गरेका थिए ।
बैंकको हाल सात वटा प्रदेश अन्तर्गतका ७७ जिल्लाका सबै सदरमुकामसहित दुई सय ८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, दुई सय ६९ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ, क्युआरकोड सेवा, पोस (प्वाइन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्युआर टेलर (विनाचेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृतरूपको मोबाइल बैंकिङ तथा विनाइन्टरनेट चल्ने युएसएसडी मोबाइल बैंकिङका सेवाहरू समेत सञ्चालनमा रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया