तेस्रो युवा उद्यमशीलता सम्मेलनको टाइटल स्पोन्सरमा वाणिज्य बैंक
काठमाडौं । नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई)ले संयुक्तरूपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करणमा राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजकका रूपमा साझेदारी गर्ने भएको छ । सन् २०१९ बाट सुरु भएको सम्मेलनको पहिलो र दोस्रो शिखर सम्मेलनमा पनि राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजकका रूपमा साझेदारी गरेको थियो ।
तेस्रो शिखर सम्मेलनको यही भदौ ३० गते प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने भएका छन् । सम्मेलनमा संघीय सरकारका अर्थमन्त्री, उद्योगमन्त्री, सञ्चारमन्त्री, युवा तथा खेलकुदमन्त्री, योजना आयोगका उपाध्यक्ष, वरिष्ठ उद्यमी डा उपेन्द्र महत्तो, चन्द्र ढकाल, भवानी राणालगायत २० भन्दा बढी वक्ताका रूपमा रहेका छन् । सम्मेलनमा सहकार्यबारे राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको उपस्थितिमा सम्मेलन मूल आयोजक कमिटीका संयोजक विशाल गैरे र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले समझदारी पत्रमा बुधबार हस्ताक्षर गरेका छन् ।
उद्यमी बन्न युवालाई प्रोत्साहित गर्ने, स्टार्टअप उद्यमलाई सहजीकरण गर्ने, सरकारको नीति, कार्यक्रम र बजेट युवा उद्यमीमैत्री बनाउने तथा नेपालको युवा उद्यमशीलतामार्फत समृद्धि हासिल गर्नका लागि युवा उद्यमशीलताको भिजन डकुमेन्ट २०३० का निर्माण एवम् कार्यान्वयनका लागि यो शिखर सम्मेलन उपलब्धिमूलक हुने आयोजक संस्था राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए । समझदारी कार्यक्रममा बोल्दै राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पछिल्लो वित्तीय चुनौतीको सामनाका लागि युवाहरूलाई आर्थिक क्रियाकलापमा सहभागी गराउँदै स्वदेशमै स्वरोजगारको वातावरण निर्माण गर्नुपर्ने बताए । उनका अनुसार वाणिज्य बैंकले युवा, महिला, कृषिलगायतका उत्पादनशील क्षेत्रमा लगानी बढाएको र प्राथमिकताका साथ लोन प्रवाह गरेको जानकारी दिए । त्यसैगरी नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई)का अध्यक्ष समेत रहेका सम्मेलनका संयोजक विशाल गैरेले ७० जिल्लामा पाँच सय युवा उद्यमीहरू श्खिर सम्मेलनमा सहभागी हुने जानकारी दिए ।
प्रधानमन्त्रीले उद्घाटन गर्ने यो वर्षको सम्मेलनमा युवा नवप्रवर्तन लगानी र समृद्धि भन्ने मूल नारा तय गरिएको छ । यो सम्मेलन कोभिड १९ र पछिल्लो वित्तीय चुनौतीको समाधान पहिल्याउन तथा युवा उद्यमशीलता प्रवद्र्धनका लागि लगानीका प्राथमिकता प्राप्त क्षेत्रको पहिचान गरी स्टार्टअप उद्यममा युवाहरूको आकर्षण बनाउनका लागि युवा उमेर समूहका उद्यमी बन्न चाहने युवाहरू, उद्यम गरिरहेका युवाहरू र स्टार्टअपमा लगानी गरिरहेका लगानीकर्ताबीचको उच्चस्तरीय नेटवर्किङ र लगानी सम्झौताका लागि र युवाहरूमा वित्तीय पहँुच, सरकारी नीति, कर नीति, स्टार्टअप प्रोगाम, स्टोरी सेयरिङ, समूहगत छलफल र स्टार्टअप बिजनेसबारे युवा उद्यमीहरूको क्षमता अभिवृद्धि र उद्यमको वृद्धि विकासमा यो शिखर सम्मेलन महत्वपूर्ण हुने आयोजकको विश्वास रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया