झण्डै १५ अर्ब पुग्यो फाइनान्स कम्पनीहरूको चुक्ता पुँजी
काठमाडौं । फाइनान्स कम्पनीहरूको कुल चुक्ता पुँजी झण्डै १५ अर्ब रूपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरूले आर्थिक वर्ष २०७९/८० मा कुल १४ अर्ब ९८ करोड ८० लाख रूपैयाँ चुक्ता पुँजी कायम गरेका हुन् । यो चुक्ता पुँजी आर्थिक वर्ष २०७८/७९ को तुलनामा २८ करोड ८० लाख रूपैयाँले बढी हो । राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षमा फाइनान्स कम्पनीहरूको चुक्ता पुँजी १४ अर्ब ७० करोड रूपैयाँ थियो ।
फाइनान्स कम्पनीहरूमा हाल कायम रहेको कुल चुक्ता पुँजीमध्ये बेस्ट फाइनान्स कायम रहेको चुक्ता पुँजी ८५ करोड ४८ लाख १६ हजार छ सय ७० रूपैयाँ पुगेको छ । पोखरा फाइनान्सले एक अर्ब आठ करोड २५ लाख ५६ हजार रूपैयाँ कायम गरेको छ । यसैगरी समृद्धि फाइनान्समा ८१ करोड ८९ लाख ११ हजार रूपैयाँ चुक्ता पुँजी कायम रहँदा रिलायन्स फाइनान्समा एक अर्ब १२ करोड १४ लाख ५२ हजार रूपैयाँकायम छ । प्रोग्रेसिभ र नेपाल फाइनान्सले क्रमशः ८४ करोड ८१ लाख छ हजार र ७२ करोड ७५ लाख ४८ हजार रूपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । गोर्खाज, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी र सेन्ट्रल फाइनान्सले पनि क्रमशः ८६ करोड ७९ लाख ९३ हजार आठ सय, ९८ करोड १६ लाख ८३ हजार दुई सय र ९४ करोड ८८ लाख ७५ हजार चार सय ५० रूपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । यस अवधिमा गुहेश्वरी मर्चेन्ट फाइनान्स, आईसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्सले क्रमशः एक अर्ब एक करोड २१ लाख ७६ हजार, एक अर्ब १८ करोड ३४ लाख ७० हजार नौ सय ६० र एक अर्ब ३५ करोड १५ लाख ५३ हजार रूपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० मा गुडविल फाइनान्सले ९४ करोड ६१ लाख १५ हजार दुई सय रूपैयाँ चुक्ता पुँजी कायम गर्दा मल्टीपर्पस फाइनान्सले ४५ करोड २० लाख रूपैयाँ चुक्ता पुँजी कायम गरेको छ । यसैगरी जानकी फाइनान्सले ६९ करोड छ लाख ७२ हजार आठ सय रूपैयाँ चुक्ता पुँजी कायम गर्दा क्यापिटल मर्चेन्ट बैंकिङ फाइनान्स कम्पनीले ९३ करोड ५० लाख ७० हजार रूपैयाँ चुुक्ता पुँजी कायम गरेको छ । यस अवधिमा नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स कम्पनीले भने २३ करोड ३३ लाख ३० हजार रूपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- ओमोडाले ‘क्रस फ्युचर’ ब्रान्ड स्थापना गर्ने
- जीडब्लुएमको टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज फिएस्टा
- प्यारामाउन्ट मोटर्सको भक्तपुरमा दोस्रो सोरुम
- बृज ग्लास उद्योगमा लेमिनेसन प्लान्ट
- मनकामना केबलकार दुई दिन बन्द रहने
- एनसेलको निःशुल्क स्वास्थ्य शिविर
- लिट्मस केबल्सको ‘वायरिङ दमदार, घर सानदार’ योजना
- हिमाल रेमिटको रेमिट्यान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंकबाट
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया