माछापुच्छ्रेको साधारणसभा असोज १८ गते
काठमाडौं । माछापुच्छ्रे बैंकले आगामी असोज १८ गते वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । माछापुच्छ्रे बैंक आर्थिक वर्ष २०७९/८० मा साधारणसभा घोषणा गर्ने पहिलो बैंक बनेको हो ।
बैंकको सेयरधनीलाई गत आवको मुनाफाबाट एक अर्ब ३६ करोड ४२ लाख एक हजार छ सय ९२ रुपैयाँ (चुक्ता पुँजीको १३ दशमलव ३० प्रतिशत) बोनस सेयर र सात करोड १८ लाख ८९ रुपैयाँ (चुक्ता पुँजीको शून्य दशमलव ७० प्रतिशत) नगद लाभांश कर प्रयोजनका लागि गरेर जम्मा करसहित १४ प्रतिशत लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृत प्रदान गरेसँगै यही भदौ २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उपरोक्त मितिमा वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त लाभांश बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् वितरण हुने बैंकले जनाएको छ ।
बैंकले गत आर्थिक वर्षमा एक अर्ब ६२ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८५ पैसा कायम गरेको थियो । बैंकको चुुक्ता पुँजी १० अर्ब २५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा दुई अर्ब ६९ करोड रुपैयाँ सञ्चित छ । हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पु-याउने उद्देश्यका साथ बैंकले देशका सातवटै प्रदेशमा एक सय ६५ वटा शाखा, १२ एक्सटेन्सन काउन्टर, एक सय ३० शाखारहित बैंकिङ सेवा, दुई सय दुई वटा एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया