समृद्धि फाइनान्सको वित्तीय साक्षरता तथा तीज कार्यक्रम
काठमाडौं । समृद्धि फाइनान्सले शुक्रबार पिप्ले पोखरा सामुदायिक वन उपभोक्ता समूहको हलमा श्रमजीवी महिला काष्ठ हस्तकला उद्योगका २७ महिला सदस्यलाई वित्तीय साक्षरता तथा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । गैरसरकारी संस्था महासंघ वाग्मती प्रदेशको अध्यक्ष श्रीमती आरती पाठकको आतिथ्य तथा सामुदायिक विकास तथा सचेतना नेपालको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
फाइनान्सले मासिकरूपमा सम्पन्न गर्ने संस्थागतसामाजिक उत्तरदायित्वअन्तर्गतको कार्यक्रमहरूको सूचीमध्ये भदौ महिनाको लागि तय भएको कार्यक्रमको रूपमा वित्तीय साक्षरता तथा तीज विशेष कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा श्रमजीवी महिला काष्ठ हस्तकला उद्योगका महिला सदस्यलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ज्ञान, बचतको फाइदा र समृद्धि फाइनान्सको महिला लक्षित योजनाहरूको बारेमा प्रस्तुति दिनुका साथै महिलाहरूलाई हरितालिका तीजको उपलक्ष्यमा शृङ्गारका सामग्रीहरू वितरण गरी दर कार्यक्रम सम्पन्न गरेको छ ।
समृद्धि फाइनान्सले भदौ महिनामा महिला विशेष अभियान चलाइरहेको छ । यस महिनामा समृद्धि फाइनान्समा समृद्धि गृहलक्ष्मी बचत खाता खोली उच्च ब्याजदरको प्रतिफलका साथै निःशुल्क डिजिटल बैंकिङको फाइदा लिन सक्ने बताइएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पेट्रोलियम पदार्थको मूल्य बढ्यो
- सरकार र चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया