एक वर्षमा १७ अर्ब बढ्यो बैंकहरूको चुक्ता पुँजी
एक वर्षमा १७ अर्ब बढ्यो बैंकहरूको चुक्ता पुँजी
v
काठमाडौँ । पछिल्लो एक वर्षभित्रमा बैंक तथा वित्तीय संस्थाहरुको कुल चुक्ता पुँजी १७ अर्ब २६ करोड ३० लाख रुपैयाँले बढेको छ । लघुवित्त वित्तीय संस्थाबाहेक सबै बैंकिङ क्षेत्रको निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा बैंकिङ क्षेत्रको कुल चुक्ता पुँजी अघिल्लो आर्थिक वर्षको तुलनामा १७ अर्ब रुपैयाँले बढेर चार खर्ब २५ अर्ब पाँच करोड २० लाख रुपैयाँ पुगेको हो ।
सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको कुल संख्या भने समीक्षा अवधिमा ५४ मा झरेको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकको संख्या २०, क्षेत्रीय र राष्ट्रियस्तरका विकास बैंकहरुको संख्या १७ र फाइनान्स कम्पनीहरुको संख्या १७ रहेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/७९ मा भने बैंकिङ क्षेत्रको कुल चुक्ता पुँजी चार खर्ब सात अर्ब ७८ करोड ९० लाख रुपैयाँ थियो । उक्त अवधिमा सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको कुल संख्या ६० वटा थियो । जसमध्ये वाणिज्य बैंकहरुको संख्या २६, विकास बैंकहरुको संख्या १७ र फाइनान्स कम्पनीहरुको संख्या १७ वटा थियो । पछिल्लो अवधिमा बैंकिङ क्षेत्रमा कायम रहेको कुल चुक्ता पुँजीमध्ये वाणिज्य बैंकहरुमा मात्र कायम रहेको कुल चुक्ता पुँजी तीन खर्ब ६९ अर्ब ८५ करोड ७० लाख रुपैयाँ छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १३ अर्ब ७६ करोड २० लाख रुपैयाँले कम हो । अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकहरुको कुल चुक्ता पुँजी तीन खर्ब ५६ अर्ब नौ करोड ५० लाख रुपैयाँ कायम थियो ।
राष्ट्र बैंकका अनुसार विकास बैंकहरुले पछिल्लो अवधिमा ४० अर्ब २० करोड ७० लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । विकास बैंकहरुमा कायम रहेको यो चुक्ता पुँजी अघिल्लो आर्थिक वर्षको तुलनामा तीन अर्ब २१ करोड ३० लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षमा विकास बैंकहरुमा कुल ३६ अर्ब ९९ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी थियो ।
यसैगरी फाइनान्स कम्पनीहरुले भने पछिल्लो अवधिमा कुल १४ अर्ब ९८ करोड ८० लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । यो चुक्ता पुँजी अघिल्लो आर्थिक वर्षको तुलनामा २८ करोड ८० लाख रुपैयाँले बढी हो । राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षमा फाइनान्स कम्पनीहरुको कुल चुक्ता पुुँजी १४ अर्ब ७० करोड रुपैयाँ रहेको थियो । चुक्ता पुँजीसँगै पछिल्लो समय बैंकिङ क्षेत्रको कुल शाखासंख्या पनि बढेको छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको कुल शाखासंख्या छ हजार चार सय ६१ वटा पुगेको छ । जसअन्र्तगत वाणिज्य बैंकहरुको पाँच हजार ४९, विकास बैंकहरुको एक हजार एक सय २८ र र फाइनान्स कम्पनीहरुको दुई सय ८४ वटा शाखाहरु सञ्चालनमा छन् । अघिल्लो आर्थिक वर्षमा भने बैंकिङ क्षेत्रको कुल शाखासंख्या छ हजार तीन सय ९४ रहेको थियो । उक्त शाखामध्ये वाणिज्य बैंकहरुको पाँच हजार नौ, विकास बैंकहरुको एक हजार एक सय १८ र फाइनान्स कम्पनीहरुको दुई सय ६७ वटा शाखाहरु सञ्चालनमा रहेको राष्ट्र बैंकको भनाइ छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया