Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसुनचाँदी धितोमा बैंकहरूको ऋण बढ्यो

सुनचाँदी धितोमा बैंकहरूको ऋण बढ्यो


काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सुनचाँदी धितो लिएर ५५ अर्ब ५३ करोड ३० लाख रूपैयाँ कर्जा लगानी गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकको निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी पछिल्लो प्रतिवेदनअनुसार सञ्चालनमा रहेका वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले सो परिमाणमा सुनचाँदी धितोमा ऋण प्रवाह गरेका हुन् ।

सुनचाँदी धितो शीर्षकमा प्रवाह भएको यो कर्जा आर्थिक वर्ष २०७८/७९ को तुलनामा दुई अर्ब ७५ करोड १० लाख रूपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा सुनचाँदी धितोमा कुल ५२ अर्ब ७८ करोड २० लाख रूपैयाँ कर्जा प्रवाह भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा वाणिज्य बैंक र वित्त (फाइनान्स) कम्पनीले प्रवाह गरेको सुनचाँदी धितोको कर्जा केही बढेको छ भने विकास बैंकहरूबाट प्रवाह भएको कर्जा घटेको छ ।

वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०७९/८० मा सुनचाँदी धितो लिएर ५० अर्ब ५७ करोड ५० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा दुई अर्ब ७५ करोड ९० लाख रूपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकरुले सुनचाँदी धितो शीर्षकमा ४७ अर्ब ८१ करोड ६० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।

विकास बैंकहरूले गत आर्थिक वर्षमा सुनचाँदी धितोमा तीन अर्ब ९३ करोड १० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा पाँच करोड १० लाख रूपैयाँले कम हो । अघिल्लो आर्थिक वर्षमा विकास बैंकहरूले सुनचाँदी धितोमा तीन अर्ब ९८ करोड २० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए । गत आर्थिक वर्ष फाइनान्स कम्पनीहरूले भने सुनचाँदी धितो शीर्षकमा एक अर्ब दुई करोड ७० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा चार करोड ४० लाख रूपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्ष फाइनान्स कम्पनीहरूले ९८ करोड ३० लाख रूपैयाँ कर्जा दिएका थिए ।

No description available.

घरजग्गाजस्तै सुनचाँदीलाई पनि बैंक तथा वित्तीय संस्थाले कर्जा लगानीको लागि सुरक्षित धितोको रूपमा लिनेगरेकाले पनि पछिल्लो समय सुनचाँदी धितो शीर्षकमा कर्जा प्रवाह बढेको हो । विश्वबजारमा सुनचाँदीको मूल्य निरन्तर बढिरहेकाले पनि सुनचाँदीमा लगानी खेर नजाने र कर्जा पनि सुरक्षित हुने विश्वास बैंकहरूको छ । यही कारण बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकको सहमतिमा नियुक्त गरिएका सुन जाँचकी (गोल्ड टेस्टर) मार्फत सुनको गुणस्तर जाँचगरी मूल्य तय भएपछि ६० देखि ८० प्रतिशतसम्म कर्जा दिनेगरेका छन् । अहिले नेपालमा १६ वटा वाणिज्य बैंकले दैनिक १० केजीको दरमा सुन आयात गर्नेगरेका छन् । यसरी ल्याएको सुनमध्ये बागमती प्रदेशको लागि पाँच केजी सुनको कोटा छुट्याइएको छ भने पाँच केजी बाँकी रहेका विभिन्न छवटा प्रदेशको लागि छुट्याइने गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया