Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेको इन्स्योरेन्सद्वारा विशेष साधारणसभा आह्वान

नेको इन्स्योरेन्सद्वारा विशेष साधारणसभा आह्वान


काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभाको आह्वान गरेको छ । कम्पनीले चुक्ता पुँजी वृद्धिको लागि हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नका लागि विशेष साधारणसभाको आह्वान गरेको हो ।

विशेष साधारणसभामार्फत कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसबाहेक प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अनुमति दिने प्रस्ताव पनि कम्पनीले पारित गर्नेछ ।

विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीको यही असोज १० गते एक दिनका लागि बुक क्लोज हुने कम्पनीले जनाएको छ । यसअनुसार असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले विशेष साधारणसभामा भाग लिन पाउने बताइएको छ । कम्पनीले यही असोज १९ गते लिसारा रिसेप्सन, नक्सालमा विशेष साधारणसभा गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया