Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार‘सिटिजन हिरोज कन्क्लेभ’को तेस्रो संस्करण

‘सिटिजन हिरोज कन्क्लेभ’को तेस्रो संस्करण


काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिने ‘सिटिजन हिरोज कन्क्लेभ’ कार्यक्रमको तेस्रो संस्करण सम्पन्न भएको छ । धुलिखेलस्थित आगन्तुक रिसोर्टमा सम्पन्न सो कार्यक्रम ‘सबल अनि सक्षम, निरन्तर प्रगतिको पथमा’ नाराका साथ सम्पन्न भएको कम्पनीले जनाएको छ ।

कम्पनीले हरेक आर्र्थिक वर्ष आफ्ना सिनियर एजेन्सी मेनेजरसहित केही उत्कृष्ट कार्य गर्ने एजेन्सी मेनेजरहरूलाई सो कार्यक्रमका लागि छनौट गर्ने र उनीहरूलाई थप क्षमता अभिवृद्धि गरेर हौसला प्रदान गर्ने उद्देश्यले विभिन्न विषयमा तालिम दिएर हरेक ढङ्गबाट उत्कृष्ट बनाउन यस कार्यक्रमको आयोजना गर्ने गरेको कम्पनीले जनाएको छ । यस्तो कार्यक्रमले लिडर्सलाई उत्प्रेरणा मिल्नुका साथै काम गर्ने विषयमा नयाँ ढङ्गले सोच्ने र नयाँ तरिका अपनाएर आफ्नो टिमलाई अझै सबल र प्रतिस्पर्र्धी बनाउन मद्दत मिल्ने गरेको कम्पनीको अनुभव छ ।

कार्यक्रममा ६० जना लिडर्सहरूको सहभागिता रहेको थियो भने कम्पनीको सम्पूर्ण व्यवस्थापन टिम साथै प्रमुख व्यवसाय अधिकृत र प्रदेश प्रमुखको उपस्थिति थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक विजयकुमार झाले उपस्थित सम्पूर्ण लिडर्सलाई प्रशिक्षण प्रदान गरेका थिए । प्रचलित कानुन, नीति, नियम एवम्् नियमनकारी निकायबाट जारी निर्देशनको परिपालन गर्दै र सञ्चालक समितिको मार्गदर्शन अनुरूप संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यावसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिबद्ध रहेको र सोका लागि कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गर्दै समग्रमा कार्यक्रम निकै उत्साहजनक र फल्दायी रहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया