‘मुक्तिनाथ सेयरधनी बचत खाता’मा थप सुविधा
काठमाडौं । मुक्तिनाथ विकास बैंकले सेवाग्राहीलाई सुविधा दिन र सेयर लगानी गर्न चाहने ग्राहकलाई सम्पूर्ण सेवा एकै स्थानबाट उपलब्ध गराउन मुक्तिनाथ क्यापिटल र सेयर ब्रोकर कम्पनीबीच त्रिपक्षीय व्यावसायिक सम्झौता गरेको छ । बैंकका अनुसार यो सम्झौताबमोजिमको सुविधाहरू ‘मुक्तिनाथ सेयरधनी बचत खाता’ खोल्ने सबै ग्राहकले पाउने छन् ।
उक्त सम्झौताबमोजिम बैंकका ग्राहकले मुक्तिनाथ विकास बैंकको कुनै पनि शाखाबाट तीन वटा कम्पनीले (मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ क्यापिटल र तोकिएका सेयर ब्रोकर कम्पनी) दिने विभिन्न सेवा सुविधा पाउन सक्ने बताइएको छ । नयाँ व्यवस्थाअनुसार ‘मुक्तिनाथ सेयरधनी बचत खाता’ न्यूनतम मौज्दात एक सय रुपैयाँमा खोल्न सकिने, निःशुल्क कनेक्ट आईपीएस रजिस्टे«सन, निःशुल्क मोबाइल बैैंकिङ र इन्टरनेट बैंकिङ, मुक्तिनाथ क्यापिटलबाट निःशुल्क डिम्याट खाता, मेरो सेयर रजिस्ट्रेशन र पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसमा ५० प्रतिशतसम्म छुट तथा ब्रोकर कम्पनीबाट निःशुल्क ब्रोकर खाताको सुविधा पाउने छन् । यो सम्झौतामा क्यापिटल म्याक्स (ब्रोकर नं. ६२), मियो सेक्युरिटिज (ब्रोकर नं. ६६) र हातेमालो फाइनान्सियल सर्भिसेज (ब्रोकर नं. ७२) आबद्ध हुनुभएको छ । सेवाग्राहीलाई उक्त कम्पनीबाट उपलब्ध हुने सेवाहरू भविष्यमा थप गर्दै लैजाने योजना पनि रहेको छ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको डेबिट कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा गर्न सकिने तथा मिस्डकल बैंकिङजस्ता सेवा बैंकको शाखामा उपस्थित नभई उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया