सोनापुर मिनरल्सको साधारण सेयर बाँडफाँट
काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले साधारण सेयरको बाँडफाँट गरेको छ । कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई निष्काशन गरिएको साधारण सेयरको बाँडफाँट कार्य सम्पन्न गरेको हो ।
एनआईएमबी एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको जारी पुँजी तीन अर्ब सात करोड ५० लाख ५० हजार रुपैयाँँमध्ये ३५ प्रतिशत अर्थात् एक अर्ब सात करोड ६२ लाख ६७ हजार पाँच सय रुपैयाँँ बराबरको एक करोड सात लाख ६२ हजार छ सय ७५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्न छुट्याइएको थियो । सोमध्ये उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याइएको सेयर बाँडफाँटपश्चात् बाँकी रहेको १४ लाख तीन हजार पाँच कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरिने एक करोड सात लाख ६२ हजार छ सय ७५ कित्तामा समायोजन गरी कुल एक करोड २१ लाख ६५ हजार छ सय ८० कित्ता साधारण सेयरहरू सर्वसाधारणका लागि निष्काशन गरिने कम्पनीले जानकारी दिएको छ । सो सर्वसाधारणलाई छुट्टयाइएको सेयरमध्ये, विवरणपत्रमा व्यवस्था भएबमोजिम १० प्रतिशतले हुन आउने १२ लाख १६ हजार पाँच सय ६८ कित्ता सेयर प्रतिकित्ता एक सय रुपैयाँँ अंकित दरमा प्रिमियमबापत एक सय ३७ रुपैयाँँ ५८ पैसा थप गरी प्रतिकित्ता दुई सय ३७ रुपैयाँँ ५८ पैसाको दरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूका लागि २०८० साउन २९ गते देखि २०८० भदौ ११ गतेसम्म निष्काशन तथा विक्री खुल्ला गरेको थियो । सो अवधिभित्र प्राप्त भएको आवेदनको छानबिन गरी योग्य आवेदकहरूमा सो निष्काशित सेयरको मंगलबार दिनकोे २ः१५ बजे निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा बाँडफाँट कार्यक्रम सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार कुल १६ लाख ९३ हजार तीन सय ५० कित्ता खरिदका लागि ३० हजार तीन सय ६० जना आवेदकबाट आवेदन प्राप्त भएकोमा १२ जना आवेदकहरूबाट चार सय ५० कित्ता रितपूर्वक नदेखिएकाले सो आवेदनलाई अयोग्य ठह¥याई रद्ध गरी कुल ३० हजार तीन सय ४८ जना आवेदकबाट १६ लाख ९२ हजार नौ सय कित्ताका लागि रितपूर्वक दरखास्त प्राप्त भएकोमा, धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको व्यवस्थाबमोजिम सर्वप्रथम रितपूर्वक आवेदन दिने न्यूनतम १० देखि ४० कित्तासम्म माग गर्ने १० हजार पाँच सय ९१ जना आवेदकहरूलाई मागबमोेजिमका दुई लाख ४६ हजार ६० कित्ता तथा ५० देखि तीन हजार कित्तासम्म माग गर्ने १९ हजार सात सय ५७ जना आवेदकलाई ४० कित्ताका दरले सात लाख ९० हजार दुई सय ८० कित्ता गरी कुल १० लाख ३६ हजार तीन सय ४० कित्ता बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ ।
सो बाँडफाँटपश्चात् बाँकी रहन गएको एक लाख ८० हजार दुई सय २८ कित्ताको हकमा ५० देखि तीन हजार कित्तासम्म माग गर्ने १९ हजार सात सय ५७ जना आवेदकलाई पुनः १० कित्ताका दरले बाँडफाँट गर्न अपुग हुने भएकाले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको व्यवस्थाबमोजिम ५० देखि तीन हजार कित्तासम्म माग गर्ने सम्पूर्ण आवेदकलाई एउटै समूहमा राखी गोलाप्रथा विधिद्वारा थप १० कित्ताका दरले १८ हजार २२ जना सफल आवेदक छनोट गरी एक लाख ८० हजार दुई सय २० कित्ता सेयर बाँडफाँट गरिएको कम्पनीको भनाइ छ । सो बाँडफाँटपश्चात् बाँकी रहन गएको आठ कित्ता सेयरको हकमा ६० देखि तीन हजार कित्तासम्म माग गर्ने ११ हजार चार सय १८ जना आवेदकमध्ये एक जना आवेदकले आठ कित्ता पाउने गरी पुनः गोलाप्रथाको माध्यमबाट बाँडफाँट गरिएको कम्पनीको भनाइ छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया