सिप्रबी सेक्युरिटिजका कर्मचारीलाई सेयर तालिम
काठमाडौं । क्यापिटल मार्केट ट्रेनिङ इन्स्टिच्युट प्रालिले स्टक ब्रोकर कम्पनी सिप्रवी सेक्युरिटिज प्रालि (ब्रोकर नं. २२) का कर्मचारीलाई तालिम दिएको छ । नेपालको पुँजीबजारसँग आबद्ध रहेका नियामक निकायहरू, स्टक ब्रोकरहरू, निक्षेप सदस्य, राफसाफ सदस्य, मर्चेन्ट बैंकरहरूका कर्मचारीलाई आवश्यक तालिम प्रदान गरी वृत्तिविकासमा महत्वपूर्ण योगदान गर्ने उद्देश्यका साथ स्थापित यस इन्स्टिच्युटले दोस्रो कार्यक्रमको रूपमा सिप्रबी सेक्युरिटिज प्रालि (ब्रोकर नं. २२) मा कार्यरत कर्मचारीलाई आफ्नै हलमा तालिम दिने कार्य सम्पन्न गरेको हो ।
उक्त तालिममा पहिलो सत्रमा प्रशिक्षित विकास लामाले कर्मचारी र संगठनको सम्बन्ध, कर्मचारीको उत्प्रेरणा, विकास र कर्मचारीले संस्थाको सफलतामा खेल्नुपर्ने निर्णायक भूमिकाको बारेमा छलफल गरेका थिए । दोस्रो सत्रमा इन्टरनेसनल कर्पोरेट टे«नर मानुषी अग्रवालले ग्राहकसँगको सम्बन्ध, प्रस्तुतीकरण, गुनासो सुनुवाई, समस्याको समाधान, गुणस्तरीय सेवाप्रवाह, ग्राहकको सन्तुष्टिलगायतका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । तालिममा उक्त प्रालिका १५ जना कर्मचारीको सहभागिता रहेको थियो ।
नेपालको पुँजीबजारमा आबद्ध संस्थाका कर्मचारीलाई समय–समयमा यस्तो प्रकारका तालिमहरू प्रदान गरी गुणस्तरीय सेवाप्रवाह गर्न कर्मचारीको वृत्तिविकास गर्नुपर्ने नियमकीय प्रावधान समेत रहेको छ । क्यापिटल मार्केट ट्रेनिङ ईन्स्टीच्युटले सिप्रबी सेक्युरिटिज प्रालिसँग समन्वय गरी यस प्रकारको तालिम आयोजना गरेकोमा एचआर टे«नर विकास लामाले सफलता तथा निरन्तरताको लागि शुभकामना व्यक्त गरे । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा धेरै संघसंस्थामा संस्थागत तालिमकर्ताको रूपमा प्रशिक्षण दिए पनि ब्रोकर कम्पनीका कर्मचारीसँग आफ्ना अनुभव तथा विषयहरू साटासाट गर्न पाएकोमा अग्रवालले खुसी हुँदै धन्यवाद व्यक्त गरिन् । सोही कार्यक्रममा सिप्रबी सेक्युरिटिज प्रालिका कार्यकारी अध्यक्ष जयन्त श्रीवास्तवले दुवै जना प्रशिक्षकलाई धन्यवाद दिँदै यस्ता प्रकारका कार्यक्रमहरूले सम्बद्ध कम्पनीले प्रदान गर्ने सेवाको गुणस्तर बढ्ने हुँदा यस्ता कार्यक्रमको निरन्तरताका लागि जोड दिएका थिए ।
नेपालको पुँजीबजारमा आबद्ध संस्थाका कर्मचारीको वृत्तिविकास नै प्रमुख उद्देश्य भएकाले सम्बन्धित संस्थाहरूसँग समन्वय गरी इन्स्टिच्युटले आगामी दिनहरूमा यस प्रकारका तालिमलाई निरन्तरता दिने समेत जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया