Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिभिल लघुुवित्तले कमायो एक करोड २६ लाख

सिभिल लघुुवित्तले कमायो एक करोड २६ लाख


काठमाडौं, वैशाख २४
सिभिल लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक करोड २६ लाख ८५ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड १६ लाख ३५ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ११ करोड ४१ लाख १४ हजार रूपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३८ करोड ४२ लाख ९७ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब २५ करोड ४० लाख ६६ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड ९२ लाख २४ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुुई दशमलव ६६ दशमलव कर्जा निष्क्रिय रहेको छ ।

प्रतिसेयर आम्दानी १४ रूपैयाँ ८२ पैसा रहेको संस्थाको प्रति सेयर आम्दानी भने एक सय ३३ रूपैयाँ ७३ पैसा रहेको छ । गत आवको सोही अवधिमा संस्थाले २३ करोड ५२ लाख १० हजार रूपैयाँ निक्षेप संकलन गरी ८७ करोड ६० लाख ३५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड ५२ लाख ३९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ७३ लाख चार हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव २९ दशमलव रहेको थियो । उक्त अवधिमा प्रति सेयर आम्दानी १३ रूपैयाँ ५९ पैसा रहेको संस्थाको प्रति सेयर नेटवर्थ भने एक सय १४ रूपैयाँ ४६ पैसा रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया