Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्स्योरेन्सको तेस्रो त्रैमासिक नाफा १३ करोड ४० लाख

नेपाल इन्स्योरेन्सको तेस्रो त्रैमासिक नाफा १३ करोड ४० लाख


काठमाडौं, वैशाख २४
नेपाल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १३ करोड ४० लाख ८४ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले आर्जन गरेको यो मुनाफा गन आवको सोही अवधिको तुुलनामा दुुई दशमलव ६४ दशमलवले बढी हो । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो मुुनाफा १३ करोड छ लाख ३६ हजार रूपैयाँ रहेको थियो । चालू आवको तेस्रो त्रैमासिक अवधिमा कम्पनीको प्रति सेयर आम्दानी तथा प्रतिसेयर नेटवर्थ भने घटेको छ । यस अवधिमा प्रतिसेयर आम्दानी १६ रूपैयाँ ३२ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ६४ रूपैयाँ ८६ पैसा रहेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको प्रति सेयर आम्दानी २८ रूपैयाँ २० पैसा तथा प्रतिसेयर नेटवर्थ दुई सय एक रूपैयाँ २१ पैसा रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया