नेपाल बैंकमा अत्याधुनिक कल सेन्टर
काठमाडौं । नेपाल बैंकमा अत्याधुनिक कल सेन्टर सञ्चालनमा आएको छ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले अत्याधुनिक कल सेन्टर सेवा आज एक कार्यक्रम आयोजना गरी उद्घाटन गरेको जानकारी दिएको छ ।
सो कार्यक्रममा बंैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र सेवा प्रदायक संस्था कलश सर्भिसेस प्रालिका प्रमुख कार्यकारी अधिकृत रुपेशभक्त श्रेष्ठले संयुक्तरूपमा रिबन काटी कल सेन्टरको उद्घाटन गरे । सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बंैक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले यस कल सेन्टरले बैंक र ग्राहकबीचको सेवालाई अझ उत्कृष्ट र सरल बनाउँदै बैंक र ग्राहकसँगको सम्बन्धलाई समयसापेक्ष, अद्यावधिक र सुमधुर बनाउन विशेष भूमिका खेल्ने बताए । यसैगरी कलश सर्भिसेस प्रालिका प्रमुख कार्यकारी अधिकृत रुपेश भक्त श्रेष्ठले गौरवपूर्ण इतिहास बोकेको नेपालको पहिलो बैंकमा ग्राहकसँग जोडिएर काम गर्न पाएकोमा खुसी व्यक्त गर्दै नेपाल बैंकको ग्राहक सेवाको उत्कृष्टताको लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।
बैंकले सबै क्षेत्रमा गरी दुई सय २८ वटा शाखाहरू, दुई सय चार वटा एटीएमका साथै ५७ एक्सटेन्सन काउन्टरमार्फत करिब २३ लाख ग्राहकलाई वित्तीय सेवा पु¥याइरहेको जानकारी दिएको छ । बैंकले हाल ग्राहक सेवामा समयानुकूल आधुनिक डिजिटल बैंकिङ प्रविधिमार्फत सेवा प्रवाह गरी प्रतिस्पर्धीरूपमा अगाडि बढिरहेको जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया