भुक्तानी ऐनविपरीत कार्य गर्ने मोहर डिजिटलको अनुमति खारेज
काठमाडौं । नेपाल राष्ट्र बैैंकले भुक्तानी तथा फर्छ्योट ऐनविपरीत कार्य गरेको पुष्टि भएपछि मोहर डिजिटलको अनुमति खारेज गरिदिएको छ । मंगलबार सूचना जारी गर्दै राष्ट्र बैंकले सोमबारदेखि नै कार्यान्यनमा आउने गरी उक्त कम्पनीको अनुमति खारेज गरेको जनाएको हो ।
अनुमति खारेजसम्बन्धी राष्ट्र बैंकले सार्वजनिक गरेको पत्रमा भनिएको छ, ‘यस बैंकबाट भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्नेगरी मिति २०७६/०६/३० मा अनुमतिपत्रप्राप्त मोहर डिजिटल प्रालिले भुक्तानी तथा फर्छ्योट ऐन, २०७५ को दफा ३६ को खण्ड (छ) र (ज) बमोजिमको कसुर गरेको देखिएकाले भुक्तानी तथा फर्छ्योट विनियमावली (प्रथम संशोधन, २०८०), २०७७ को विनियम ३५ कोखण्ड (ग) को व्यवस्थाबमोजिम उक्त संस्थाको अनुमतिपत्र खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरुको प्रयोग गर्ने ग्राहकहरुसँगको कुनै दायित्व बाँकी रहे सम्बन्धित संस्थामा सम्पर्क गर्नुहुन समेत यसै सूचनाद्वारा अनुरोध गरिन्छ’, राष्ट्र बैंकले पत्रमार्फत जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
- सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन बुझाइयो
- विराटनगरको कवाडी पसलको आगलागीबाट तीनको मृत्यु, तीन जनाको उपचार हुँदै
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया