सिटिजन लाइफको आईपीओ सूचीकृत
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको सेयर सीएलआर्ई सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको चुक्ता मूल्य एक सय रुपैयाँ कायम भएको तीन करोड ७५ लाख कित्ता साधारण सेयर सूचीकृत भएको हो । बुधबार कम्पनी र नेप्सेबीच सेयर सूचीकरणसम्बन्धी सम्झौता भएको हो ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ । सर्वसाधारण लगानीकर्ता सेयरधनी (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारी) समेतमा वितरण गरिएको एक करोड १२ लाख कित्ता अर्थात् ३० प्रतिशत, कम्पनीका संस्थापक सेयरधनीको लगानी गरेको दुई करोड ६२ लाख ५० हजार कित्ता अर्थात् ७० प्रतिशत समेत गरी तीन करोड ७५ लाख कित्ता सूचीकृत भएको हो ।
कम्पनीको सेयर आइतबारदेखि कारोबारमा आउनेछ । नेप्सेले कम्पनीलाई पहिलो सेयर कारोबारका लागि न्यूनतम प्रतिकित्ता एक सय ७२ रुपैयाँ ४३ पैसादेखि अधिकतम पाँच सय १७ रुपैयाँ २९ पैसासम्म रेञ्ज दिएको छ । पहिलो कारोबारको लागि कम्पनीले वास्तविक किताबी मूल्यदेखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया