माछापुछ्रे र एसबीआई बैंकका ग्राहकलाई ॐ अस्पतालमा छुट
काठमाडौं । माछापुछ्रे र एसबीआई बैंकका ग्राहकले ॐ अस्पतालमा छुट पाउने भएका छन् । दुई बैंकले अस्पतालसँग गरेको सम्झौताबमोजिम यो छुट पाउने भएका हुन् । बैंकका ग्राहक तथा कर्मचारीलाई अस्पतालका सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता भएको बैंकले जनाएको छ ।
हस्पिटलमा आयोजित संक्षिप्त समारोहमा अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठको उपस्थितिमा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र माछापुछ्रे निमित्त प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
यस्तै, ओम हस्पिटलले नेपाल एसबीआई बैंकसँग पनि सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा योनो नेपाल एसबीआई मोबाइल एप प्रयोगकर्ताले ॐ हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग सेवा रेडियोलोजी, प्याथोलोजी, फार्मेसी र फिजियोथेरापी लगायतका सेवाहरुमा छुट पाउने छन् ।
नेपालको निजी क्षेत्रबाट सञ्चालित ॐ अस्पतालले तीन दशकदेखि निरन्तर स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको छ । अस्पतालले ३७ भन्दा बढी विषयमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया