स्ट्यान्डर्ड चार्टर्ड र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सहकार्य
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सम्झौता भएको छ । केन्द्रको केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग दिगो ऊर्जा चुनौती कोषअन्तर्गत कर्जा नोक्सानी ग्यारेन्टीका लागि सम्झौता गरेको हो ।
यो सम्झौताले नवीकरणीय ऊर्जा क्षेत्रमा वित्तपोषणलाई मापन गर्ने अपेक्षा गरिएको बैंकले जनाएको छ । यसका साथै कर्जा नोक्सानी ग्यारेन्टीले दिगो पहलका लागि कर्जा प्राप्त गर्न धितो आवश्यकतालाई कम गर्ने विश्वास गरिएको छ । यो नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमअन्तर्गत पर्दछ । यो सरकारको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र बेलायती सरकारको यूकेएडको संलग्नता रहेको संयुक्त पहल रहेको बैंकले जनाएको छ । यसले नेपालमा नवीकरणीय ऊर्जा परियोजनामा समावेशयोग्य दिगो ऊर्जा चुनौती कोषका परियोजनाको ऋणका लागि २० प्रतिशत ग्यारेन्टी कभर अनुमति दिने बैंकले जनाएको छ ।
नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम वितरीत नवीकरणीय ऊर्जा (डीआरई) मा निजी क्षेत्रको लगानी बढाउन तथा सक्षम र दिगो बनाउनका लागि नीति, योजना, कानुनी निर्माण र नियामकलाई सहजीकरण गर्दै विश्वव्यापी ऊर्जा पहुँच बढाउन क्रियाशील रहेको बैंकको भनाइ छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया