प्राधिकरणको बीमा अन्तर्क्रिया
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा गर्नका लागि नागरिकहरू आफैँ बीमा कम्पनीमा आउने वातावरण सिर्जना गर्न बीमा कम्पनीलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा पोखरामा आयोजित बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरू तथा बीमा सर्भेयरहरूसँग बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा बजारमा विश्वसनीयता कायम गर्न र बीमाप्रतिको विश्वास अभिवृद्धि गर्नका लागि ठोस कदम चाल्न बीमा कम्पनीलाई निर्देशन दिएका हुन् ।
अध्यक्ष सिलवालले भने, ‘मर्जरपश्चात् बीमा कम्पनीहरूको जोखिम बहन गर्ने क्षमता बढेको छ, बीमा कम्पनीहरूले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गतिविधिहरू बढाउँदै लैजानुपर्छ, बीमा सचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ, बीमा बजारका नयाँनयाँ क्षेत्र पहिचान गर्नुपर्छ ।’ अध्यक्ष सिलवालले बीमा ऐनमा व्यवस्था भएबमोजिम बीमा सूचना केन्द्र स्थापनाका लागि नीतिगत व्यवस्थाको पहल भइरहेको जानकारी दिए । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा अभिकर्ताहरूले गर्ने कार्यको निरीक्षण गर्ने पहिलो कर्तव्य बीमकका प्रदेश, शाखा र उपशाखा कार्यालयका प्रमुखहरूको भएको बताए ।
कार्यकारी निर्देशक पौडेलले प्राधिकरणबाट हुने स्थलगत निरीक्षणका क्रममा सत्यतथ्य विवरण नदिई गलत तथ्याङ्क दिने कम्पनीलाई कानुनबमोजिम कारबाही गरिने बताए । नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल (अधिकारी)ले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रोपर्टी ट्यारिफ रेटसम्बन्धी विषयलाई बीमकहरूको सुझाव लिएर सम्बोधन गरिने जानकारी दिए । कार्यक्रममा सहभागीहरूले बीमा कम्पनीका प्रदेश कार्यालयलाई अधिकार प्रत्यायोजन नभएको, अस्वस्थ प्रतिस्पर्धाका कारण बीमा बजारमा समस्या उत्पन्न भएको नयाँ सर्भेयरलाई पर्याप्त काम नदिइएकोलगायतका गुनासाहरू राखे ।
यसैगरी, बीमा कम्पनीहरू नगदरहित कारोबारतर्फ अघि बढ्नुपर्ने, बीमा सर्भेयरले तोकिएको समयमा नै रिपोर्ट बुझाउनुपर्ने, सानासाना बीमा दाबी भुक्तानी प्रदेश कार्यालयबाट नै हुने गरी अधिकार प्रत्यायोजन गर्नुपर्ने, बीमा बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्न नेपाल बीमा प्राधिकरणले ठोस कदम चाल्नुपर्ने, वास्तविक बीमा दाबीको भुक्तानी समयमा नै दिनुपर्नेलगायतका विचार सहभागीहरूले व्यक्त गरे थिए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश कार्यालयका प्रमुख केशवप्रसाद दाहाल, नेपाल बीमक संघका उपाध्यक्ष वीरेन्द्र बैदवार, नेपाल इन्स्योरेन्स सर्भेयर्स एसोसिएन, पोखराका पदाधिकारी, बीमा कम्पनीका प्रदेश, शाखा तथा उपशाखा कार्यालयका प्रमुखहरू र बीमा सर्भेयरहरूको सहभागिता रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- महिलाहरुलाई दिल्लीमा बेचबिखन गरेको अभियोगमा बाँकेकी एक महिला पक्राउ
- छुट्टाछुट्टै सवारी दुर्घटनाबाट सात जनाको मृत्यु
- विभिन्न ठाउँमा चार व्यक्ति मृत अवस्थामा फेला
- अध्यादेश जारी गरेर भएपनि भूमिहीनलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता
- विभिन्न ठाउँमा आगलागीबाट लाखौँको क्षति
- वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई लाई किन सोध्यो नेपाल नागरिक उड्डयन प्राधिकरणले सात दिने स्पष्टीकरण ?
- कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन: नेपालमाथिको अन्याय रोकिनुपर्छ
- सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया