आईएमई पेबाट एसआईपी भुक्तानी
काठमाडौं । डिजिटल वालेट आईएमई पेमार्फत सेवाग्राहीले सजिलै आफ्नो सिस्टमेटिक इन्भेस्टमेन्ट प्ला (एसआईपी) को रकम भुक्तानी गर्न सक्ने भएका छन् । एसआईपी भुक्तानी सेवा प्रदान गर्न आईएमई पेले एनआईसी एसिया क्यापिटल तथा कुमारी क्यापिटलसँग सम्झौता गरेको छ ।
सो सम्झौताअन्तर्गत अब आईएमई पेका सेवाग्राहीले एनआईसी एसिया क्यापिटलको एनआईसी एसिया डायनामिक डेबिट फण्ड तथा कुमारी क्यापिटलको कुमारी सुनौलो लगानी योजनाको एसआईपी इन्स्टलमेन्ट ट्यारिफ युनिट पर्चेजको भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।
पछिल्लो केही समययता पुँजीबजारमा एसआईपी लोकप्रिय बन्दै आएको र यसको भुक्तानीलाई थप सहज पार्दै आईएमई पेले आफ्ना सेवाग्राहीको लागि यो सेवा सुरु गरेको आईएमई पेका सीईओ प्रवीन रेग्मीले बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया