नबिल बैंकको नयाँ शाखा मोरङमा
काठमाडौं । नबिल बैंक लिमिटेडको नयाँ शाखा मोरङ जिल्लाको सुन्दर हरैंचा नगरपालिका गोठगाउँमा खुलेको छ । बैंकको दुई सय ६६ औँ शाखा पूर्वाञ्चल विश्वविद्यालय परिसरमा उद्घाटन गरेको हो । बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ गोठगाउँमा शाखा विस्तार गरिएको नबिल बैंकले जनाएको छ ।
गोठगाउँ शाखाको उद्घाटन प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइराला, नबिल बैंकका सञ्चालक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले संयुक्तरूपमा गरेका थिए । कार्यक्रममा अथितिहरू पूर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार नीलमणि पोखरेल, उद्योग संघठन मोरङ्गका सभापति राकेश सुराना, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेलगायत बैंकका उच्चअधिकारीहरूको उपस्थिति रहेको थियो ।
नबिल बैंकका सञ्चालक पौड्यालले पूर्वाञ्चल विश्वविद्यालय, गोठगाउँ क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताए । मन्तव्य दिने क्रममा प्रमुख अतिथि कोइरालाले यस क्षेत्रमा नबिल बैंकको उपस्थितिले खुसी तुल्याएको बताए । उनले स्थानीयस्तरमा वित्तीय पहुँच र आर्थिक उपार्जनका क्रियाकलापको लागि बैंकको उपस्थिति अर्थपूर्ण रहने बताए । पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालय परिसरबाट हुने बैंकिङ सेवा विस्तारले विश्वविद्यालयका विद्यार्थी, कर्मचारी साथै स्थानीयवासी समेत लाभान्वित हुने कुरा बताए ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले स्वागत मन्तव्य राख्दै पूर्वाञ्चल विश्वविद्यालय, गोठगाउँमा बैंकको व्यवसाय विस्तार मात्रै नभई समुदायस्तरमा काम गर्ने ध्येय रहेको बताए । ‘हामी यस क्षेत्रको आर्थिक आवश्यकता पूरा गर्न सेवाग्राहीलाई उत्कृष्ट सेवा दिनका लागि हाम्रो प्रयास रहनेछ । साथै, निकट भविष्यमा नै विश्वविद्यालयको लागि अडिटोरियम हल निर्माणमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग गर्नेमा हामी प्रतिबद्ध रहेका छौँ,’ ढुंगानाले भने ।
नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकमध्ये एक हो । बैंकले देशभर दुई सय ६६ वटा शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र तीन सय १० वटा एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएकोे छ । नबिल बैंकसँग हालसम्म १८ लाखभन्दा बढी ग्राहक संख्या पुगेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
- दिगो पूर्वाधार विकासबाट मात्रै आर्थिक समृद्धि हासिल हुन्छ : मन्त्री ज्वाला
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया