Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहिमालयन रिको प्रमुख कार्यकारीमा पौडेल

हिमालयन रिको प्रमुख कार्यकारीमा पौडेल


काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा उपासना पौडेल नियुक्त भएकी छन् । सोही कम्पनीमा यसअघि नायब कार्यकारी अधिकृतको पदमा रहेकी पौडेललाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्द्रशेखरन् रामामूर्तिले राजीनामा दिएपछि प्रमुख कार्यकारीमा नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार आइतबारको बोर्ड बैठकले राजामूर्तिको राजीनामा स्वीकृत गर्दै पौडेलको बढुवा गरेको हो । कम्पनीले पौडेल सीइओ नियुक्त गरेको जानकारी गराउँदै स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण पठाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया