हिमाल रेमिटको रेमिट्यान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंकबाट
काठमाडौं । अब हिमाल रेमिटको रेमिट्यान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंकबाट हुने भएको छ । विश्वका जुनसुकै देशमा रहेका आफन्तहरूले हिमाल रेमिटबाट पठाएको वैदेशिक रेमिट्यान्स अब राष्ट्रिय वाणिज्य बैंकका ७७ जिल्लामा रहेका दुई सय ८४ वटा शाखा कार्यालयबाट भुक्तानी हुने भएको छ । दूरदराजमा रहेका ग्राहकहरूले पनि यो सुविधा प्राप्त गर्न सक्नेछन् । यसपछि बैंकका ग्राहकहरू तथा अन्य वैदेशिक रेमिट्यान्स प्राप्त गर्ने ग्राहकलाई नेपालमा रेमिट्यान्स प्राप्त गर्न सहज हुने भएको छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र हिमाल रेमिटका लागि प्रिन्सिपल एजेन्ट सीएफएस रेमिट प्रालिका बीच यसअघि भएको सम्झौतापत्रमा बैंकका तर्फबाट विभागीय प्रमुख ऋषिराम ढकाल र प्रिन्सिपल एजेन्ट सीएफएस रेमिटका प्रमुख कार्यकारी अधिकृत बबी शर्माले हस्ताक्षर गरेका हुन् ।
बैंकका हाल सातवटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका दुई सय ८४ वटा शाखा कार्यालय, दुई सय ६९ वटा एटीएम, ९९ वटा शाखारहित बैंकिङ सेवा, ६५ वटा एक्स्टेन्सन काउन्टर, क्युआर कोड सेवा, पस (प्वाइन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्युआर टेलर (विनाचेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृतरूपको मोबाइल बैंकिङ (डिजिटल संसार) तथा विनाइन्टरनेट चल्ने युएसएसडी मोबाइल बैंकिङका सेवाहरू समेत सञ्चालनमा रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया