Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी लघुुवित्तको नाफा नौ करोड ८९ लाख

लक्ष्मी लघुुवित्तको नाफा नौ करोड ८९ लाख


काठमाडौं, वैशाख २६
लक्ष्मी लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा नौ करोड ८९ लाख १० हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा सात करोड ७९ लाख ६० हजार रूपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी २७ करोड ८३ लाख रूपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ५१ करोड ५६ लाख सात हजार रूपैयाँ निक्षेप संंकलन गरी चार अर्ब ५२ करोड २२ लाख सात हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २७ करोड ४१ लाख ८७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ८७ लाख ७५ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुुपात एक दशमलव ७० प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब १८ करोड ३९ लाख ३३ हजार रूपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ३७ करोड दुुई लाख ८८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २१ करोड ४२ लाख ६१ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुुई करोड १२ लाख ३१ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ३७ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया