एनआईसी एसिया क्यापिटल र फोन पेबीच सम्झौता
काठमाडौं । एनआईसी एसिया क्यापिटल लिमिटेड र फोन पेबीच सम्झौंता भएको छ । यही असोज २१ गते फोन पेमा कार्यरत कर्मचारीहरु एनआईसी एसिया क्यापिटलबाट उपलब्ध हुने सेवाहरुसहित धितोपत्र बजार, लगानी व्यवस्थापन सेवा तथा लगानी व्यवस्थापन परामर्श सेवा उपलब्ध गराउनेसम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको हो ।
उक्त सम्झौताअनुसार एनआईसी एसिया क्यापिटलले फोन पेमा कार्यरत कर्मचारीहरुलाई क्यापिटलले उपलब्ध गराउन सेवाहरु जस्तैः लगानी व्यवस्थापन र लगानी व्यवस्थापन परामर्श, निःशुल्क डिम्याट अनि मेरो सेयर खाता, सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी)मा सहभागी हुने तरिका तथा फाइदाहरुका साथै धितोपत्रको दोस्रो बजार, मुद्रा बजार उपकरणहरु, दोस्रो बजारमा सूचीकृत कम्पनीहरुमा लगानी गर्दा कहिले कसरी लगानी गर्न सकिन्छ र लगानीसम्बन्धी निर्णय लिँदा विशेष ध्यान दिनुपर्ने कुराहरुको सम्बन्धमा आवश्यक तालिम तथा प्रशिक्षण प्रदान गर्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया