महालक्ष्मी विकास बैंकका ग्राहकलाई छुट
काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य, शृङ्गार र होटल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायले विभिन्न संस्थासँग छुट सम्झौता गरेको छ । सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले आधा दर्जन संस्थाको विभिन्न सेवामा छुट पाउने बैंकले जनाएको छ ।
यसअन्तर्गत सुमेरु हस्पिटल धापाखेल ललितपुरको ओपीडी र आईपीडी सेवामा १० प्रतिशत एवं फार्मेसीमा पाँच प्रतिशत, एसियन बुद्ध होटल भैरहवाको फुड, बेझरेज र ग्रिल बारमा १० प्रतिशत एवं स्पामा २० प्रतिशत, मल्ल फेन्सी आबुखैरनी तनहुँमा १० प्रतिशत, रिसु ब्युटी पार्लर हेटौँडा मकवानपुरमा १० प्रतिशत र ब्युटीफुल कलेक्सन बाँसबारीको क्लोथिङ प्रोडक्टसमा १० प्रतिशत र ब्याग र सुजमा पाँच प्रतिशतको छुट पाउनसक्ने कम्पनीले जनाएको छ ।
यो सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्षरूपमा लाभान्वित हुने बैंकले जानकारी दिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
- हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात सुरु
- सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी : महासचिव गुरुङ
- सातदोबाटोमा नेपाली जुत्ताघर सञ्चालन
- प्रभु क्यापिटलका ग्राहकलाई मेरिना इम्पेक्समा छुट
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया