‘वान बाइ मेट लाइफ मेला’को प्रतिबद्धता
काठमाडौं । मेट लाइफ नेपालले आफ्ना सबै एजेन्टहरूका लागि ‘वान बाइ मेटलाइफ मेला’को आयोजना गरेको थियो । जसले ग्राहकलाई सेवा दिने र उनीहरूलाई स्वस्थ, लामो जीवन जिउन मद्दत गर्ने साझा प्रतिबद्धतालाई सुदृढ गरेको कम्पनीले जनाएको छ ।
वान बाई मेटलाइफमार्फत मेटलाइफ नेपालले नेपालीहरूका लागि पहिलोपटक डिजिटल बीमा र स्वास्थ्य सेवा ल्याएको जनाएको छ । एजेन्टका लागि मेटलाइफले मेलामा एपका बारेमा प्रत्यक्ष प्रदर्शनहरू, सुविधाहरूको ब्रिफिङ र ह्यान्ड–अन सत्रहरूको बारेमा जानकारी प्राप्त गराएको थियो । एपको प्राथमिक उद्देश्य परिवर्तनकारी सुविधाका बारेमा समर्पित एजेन्टलाई सशक्त र शिक्षित गर्नु रहेको बताइएको छ । जसले गर्दा उनीहरूले स्वस्थ र अधिक सुरक्षित भविष्यको लागि अत्याधुनिक बीमा र स्वास्थ्य सेवाहरू पहुँच गर्न ग्राहकलाई मार्गदर्शन दिन सक्नेछन् । यस कार्यक्रमले मेटलाइफ नेपालले आफ्ना एजेन्टहरूको व्यावसायिक विकास र ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने क्षमतालाई पनि जोड दिएको छ ।
मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, ‘मेटलाइफ रमाइलो सिकाइ अनुभवहरूको शक्तिमा विश्वास गर्छ, त्यसैले हामीले यस मेलामा आवश्यक ज्ञानसहित रमाइलो गतिविधिहरू मिसाएका छौँ । उत्कृष्ट प्रविधि र हाम्रो सक्रिय टोलीलाई सँगै ल्याएर, हामी हाम्रा ग्राहकलाई लामो समयसम्म स्वस्थ बाँच्न र थप आत्मविश्वासी भविष्य निर्माण गर्नका लागि कदम चाल्न प्रेरित गर्ने आशा गर्छौँ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया