धमाधम घट्दै वाणिज्य बैंकहरूको शाखा
काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूला बैंकहरूको मर्जरलाई प्रोत्साहन गरेका कारण पछिल्लो समय वाणिज्य बैंकहरूको शाखा संख्या घट्दै गएको छ । बैंक तथा वित्तीय संस्थाहरूको शाखासम्बन्धी पछिल्लो दुई आर्थिक वर्षको तथ्यांकको तुलनात्मक अध्ययन गर्दा विकास बैंक र फाइनान्सको शाखासंख्या केही बढेको छ भने वाणिज्य बैंकहरूको घटेको छ ।
राष्ट्र बैंकले ठूला बैंकहरूको मर्जर तथा प्राप्ति प्रक्रियालाई प्रोत्साहन गरेकै कारण ग्लोबल आईएमई बैंकले बैंक अफ काठमाण्डूलाई गाभेर ग्लोबल आईएमई बैंकको नाममा कारोबार सञ्चालन गर्दै आएको छ भने प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई गाभेर एकीकृत कारोबार गर्दै आएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई गाभेर हिमालयन बैंकको नाममा कारोबार गर्दै आएको छ भने लक्ष्मी बैंकले सनराइज बैंकलाई गाभेर लक्ष्मी सनराइज बैंकको नाममा एकीकृत कारोबार सञ्चालन गर्दै आएको छ । यसबाहेक नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई र नेपाल इन्भेष्टमेन्ट बैंकले मेगा बैंकलाई गाभेको छ ।
यसरी ठूला बैंकहरू मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल हुँदा एकै स्थानमा दुई वा सोभन्दा बढी शाखा भएको र ती शाखा आवश्यकताअनुसार एउटै शाखामा मिलान गर्दा बैंकका शाखा घटेका छन् । राष्ट्र बैंकका अनुुसार २०७९ साउनमा २५ वटा वाणिज्य बैंकहरू सञ्चालनमा थिए । उक्त समयवाणिज्य बैंककहरूको कुल शाखासंख्या पाँच हजार ३१ थियो भने कुल एटीएम काउन्टरको संख्या चार हजार दुई सय ६५ थियो । तर,२०८० साउनमा मर्जर तथा प्राप्तिकै कारण वाणिज्य बैंकहरूको संख्या घटेर २० वटामा सीमित रह्यो । यस अवधिमा वाणिज्य बैंकहरूको शाखासंख्या पनि घटेर पाँच हजार २१ मा झरेको छ भने एटीएम काउन्टरको संख्या चार हजार पाँच सय ७९ पुगेको छ । वाणिज्य बैंकहरूको शाखा तथा एटीएम काउन्टरसम्बन्धी पछिल्लो दुई आर्थिक वर्षको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको पहिलो महिनाको तुलनामा चालू आर्थिक वर्षको पहिलो महिनामा वाणिज्य बैंकहरूको शाखा संख्या १० वटाले घटेको देखिएको छ भने एटीएम काउन्टरको संख्या तीन सय १४ वटाले बढेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूको शाखा संख्या भने एक हजार एक सय ३१ पुगेको छ भने कुल एटीएम काउन्टरको संख्या तीन सय ४६ पुगेको छ । यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा क्रमशः ११ वटा र २० वटाले बढी हो । राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षमा सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूको कुल शाखासंख्या एक हजार एक सय २० थियो भने कुल एटीएम काउन्टरको संख्या तीन सय २६ थियो । पछिल्लो अवधिमा फाइनान्स कम्पनीहरूको शाखा संख्या बढेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरूको कुल शाखासंख्या दुई सय ८९ वटा पुगेको छ भने कुल एटीएम काउन्टरको संख्या ४४ पुगेको छ । यो शाखासंख्या अघिल्लो आर्थिक वर्षको तुलनामा २० वटाले बढी हो भने एटीएम काउन्टरको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा एउटाले कम हो । अघिल्लो आर्थिक वर्षमा फाइनान्स कम्पनीहरूको कुल शाखासंख्या दुई सय ६९ वटा थियो भने एटीएम काउन्टरको संख्या ४५ वटा रहेको राष्ट्र बैंकको भनाइ छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- मिटरब्याजीले लिएको सात कठ्ठाबढी जग्गा छलफलबाट फिर्ता
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया