प्रभु क्यापिटलको ‘बिग सट’ योजना
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले वार्षिक साधारणसभाको अवसर पारेर ‘प्रभु बिग सट’ नामक लगानी व्यवस्थापन सेवा सार्वजनिक गरेको छ ।
हालको लगानी व्यवस्थापन सेवा साधारण जनतालाई मात्र केन्द्रित भएको जनाउँदै उक्त लगानी व्यवस्थापन सेवा भने उच्च नेटवर्थ भएका व्यक्ति तथा संस्थाहरुलाई केन्द्रित भएको क्यापिटलले जनाएको छ । उच्चपदस्थ व्यक्तिहरुको समय व्यस्तता हुने र लगानीमा उचित समय दिन नसकिने समस्यालाई मध्येनजरमा राखी सो योजना क्यापिटलले सुरुवात गरेको छ ।
यो योजनामा न्यूनतम लगानी ५० लाख रुपैयाँ, न्यूनतम लगानी अवधि : तीन वर्ष, ह्र्डल रेट आठ प्रतिशत, वार्षिक व्यवस्थापन शुल्क (एएमसी) एक प्रतिशत, मुनाफामा लाग्ने शुल्क १५ प्रतिशतलगायतका सुविधाहरु रहेका छन् । लगानीकर्ताले ५० लाख रुपैयाँबाट यो लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । ५० लाख रुपैयाँ लगानीकर्ताले क्यास, आफ्नो सेयर पोर्टफोलियो, अथवा क्यास र सेयर पोर्टफोलियो मिक्स गरी लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । प्रभु बिग सट लगानी व्यवस्थापन सेवामा आबद्ध भई ग्राहकहरुले विशेष प्रिमियम प्याकेजको लाभ समेत लिन सकिने क्यापिटलले जनाएको छ ।
विशेष प्रिमियम प्याकेजअन्तर्गत ग्राहकको एकाघर घर परिवारका सदस्यहरुलाई आजीवन निःशुल्क डिम्याट खाता, क्यापिटलको अन्य लगानी व्यवस्थापन योजनाहरुमा वार्षिक शुल्क तथा मुनाफामा लाग्ने शुल्कमा ५० प्रतिशत छुट र निःशुल्क लगानीसम्बन्धी परामर्श तथा उत्कृष्ट कम्पनीहरुको संस्थापक सेयरमा लगानीको प्रस्ताव तथा अवसर प्रदान गरिनेछ । साथै यो सेवा बजारको समयसापेक्ष ल्याइएको तथा नेपालीहरुको महान् चाड दशैँ, तिहार तथा छठको अवधिभित्र यस योजनासँग जोडिने लगानीकर्ताहरुलाई योजनामा लाग्ने शुल्कमा थप छुटको व्यवस्था समेत गरिएको छ । क्यापिटलले ग्राहकको सेवालाई प्राथमिकतामा राखी अभिनव प्रकारका योजनाहरु सञ्चालन गरिरहेको छ ।
क्यापिटलका अनुसार लगानी व्यवस्थापन सेवा योजनामा संलग्न भएका सेवाग्राहीले दैनिकरुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्नसक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण इमेलमार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ । ग्राहकले प्रभु क्यापिटलको डिजिटल एपमार्फत पनि आफ्नो पोर्टफोलियो दैनिक हेर्नसक्ने सुविधा सुरु गरिसकेको क्यापिटलले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
- पोखरामा दुई दिन ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
- केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी
- भ्रष्टाचार मुद्दाका पाँच जना फरार व्यक्ति पक्राउ
- आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ
- रमेश कर्प र बोनजोय ट्राभलबीच सम्झौता
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया