गरिमा विकास बैंकद्वारा डेबिट/क्रेडिट कार्डमा २० प्रतिशत नगद फिर्ता योजना सार्वजनिक
काठमाडौं । गरिमा विकास बैंकले नेपालीहरुको महान चाड बडा दसैंलाई लक्षित गरि नगद फिर्ता योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकका लागि कुनै पनि सामान खरिद गरी बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम दुई सय नगद फिर्ता योजना सार्वजनिक गरेको हो ।
यस योजना अन्तर्गत बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले विकास बैंकको एउटा कार्डबाट अधिकतम दुई सयसम्म नगद फिर्ता पाउन सक्नेछन् । यस योजनाको अवधि यहि असोज २८ देखि कार्तिक ७ गतेसम्म रहेको छ ।
साथै, बैंकले आफ्ना ग्राहकहरुको दसैं किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सुरुवात पनि गरिसकेको जनाएको छ । हाल, गरिमा विकास बैंकले देशभर एक सय २२ शाखा कार्यालय तथा ५० एटिएम एवं विभिन्न डिजिटल बैकिङमार्फत सेवा प्रवाह गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सिद्धार्थ बैंकद्वारा बहुद्देश्यीय हलको उद्घाटन
- समृद्धि फाइनान्स र ब्रदर्स अटोबीच सम्झौता
- कामना सेवा विकास बैंकद्वारा लाभांश घोषणा
- इस्लाम धर्मावलम्बी मोहम्मद जन्मजयन्ती मनाउँदै
- केराखेतीबाट वार्षिक १४ लाख आम्दानी
- ललितपुरमा मङ्गलबारदेखि इन्द्रजात्रा सुरु हुने
- कर्मचारी सञ्चय कोषद्वारा प्रभातफेरि
- नारायणगढ मुग्लिन सडक मर्मतपछि दुईतर्फी सञ्चालन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया