Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमनिप्लान्ट सहकारीको अध्यक्षमा इन्दमणि पोखरेल चयन

मनिप्लान्ट सहकारीको अध्यक्षमा इन्दमणि पोखरेल चयन


काठमाडौं । ‘मनिप्लान्ट सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड’को अध्यक्षमा इन्दमणि पोखरेल चयन भएका छन् । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’को मान्यतामा आधारित उक्त सहकारीको सम्पन्न १४औँ साधारणसभाले नयाँ सञ्चालक समिति र लेखा तथा सुपरिवेक्षण समितिको चयन गरेको हो ।

अध्यक्ष सुदर्शन पराजुलीले राजिनामा दिएसँगै इन्दमणि पोखरेल नयाँ अध्यक्ष चयन भएका हुन् । त्यस्तै, सञ्चालक समितिमा सुसन कर्माचार्य(उपाध्यक्ष), उद्दिमबहादुर देवकोटा(सचिव) र राजकुमार सुवेदी(कोषाध्यक्ष) चयन भएका छन् । सदस्यहरूमा यामकुमार खड्का, धनबहादुर श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, कृष्णसागर शर्मा, हेलेन घिमिरे, शान्ता पाण्डे घिमिरे र कमल गिरी चयन भएका छन् । लेखा तथा सुपरिवेक्षण समितिमा भने किरण मास्के संयोजक र राजेन्द्रप्रसाद घिमिरे तथा निलमणि दाहाल सदस्य चयन भएका छन् ।

बागमती प्रदेशका सहकारी रजिस्ट्रार राधाकृष्ण खतिवडा प्रमुख अतिथ्यमा भएको साधारणसभामा संस्थाको प्रतिवेदन, लेखा प्रतिवेदन, आयव्यय विवरण प्रस्तुत र पारित गरिनुका साथै संस्थागत अवस्थाको समीक्षा र कार्ययोजनाबारे विस्तृत छलफल तथा नीति तर्जुमा गरिएको छ ।

सो अवसरमा संस्था सम्वद्ध सदस्य र परिवारबाट उत्कृष्ट शैक्षिक योग्यता हासिल गरेका, संस्थामा उत्कृष्टता देखाएका, विभिन्न पदोन्नति र नियुक्ति भएकाहरूलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो । त्यसक्रममा १४ जनालाई उत्कृष्ट शैक्षिक पुरस्कार तथा तीन–तीन जनालाई ज्येष्ठ सदस्य, उत्कृष्ट ऋण कारोबारी र उत्कृष्ट बचतकर्ताका रूपमा सम्मान गरिएको थियो । एकजनालाई उत्कृष्ट कर्मचारी पुरस्कार दिइएको थियो ।

कार्यकारी प्रमुख ओमबहादुर बस्नेतका अनुसार संस्थाको सेयर सदस्य संख्या एक हजार एक सय ८२ पुगेको छ र पछिल्लो आर्थिक वर्षको कूल वासलत एक अर्ब २१ करोड १७ लाख ३६ हजार आठ सय ५२ रुपियाँ रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया