एनआईसी एशिया बैंकको २६औँ वार्षिक साधारणसभा
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको साधारणसभा आज(आइतबार) काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो ।
उक्त साधारणसभाले गत आव २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २९ प्रतिशत बोनश शेयर (३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६) र कर प्रयोजनार्थ १.५२६३ प्रतिशत नगद लाभांश (१७ करोड ६५ लाख ३ हजार २ सय ४०) समेत गरी कूल ३०.५२६३ प्रतिशत लाभांश (३ अर्ब ५३ करोड ६४ हजार ७ सय ९६) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । बैंकको २६औँ वार्षिक साधारणसभाले २९ प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको कूल चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९ सय २२ रुपैयाँ पुगेको छ ।
साथै, सभाले आव २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
एनआईसी एशिया बैंकले मुलुकभर तीन सय ६० शाखा कार्यालयहरू, छ सय ३१ एटिएम, एक सय १० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- समसामयिक राजनीतिक व्यङ्ग्य
- एनसेल प्रकरणमा सरकार पक्ष प्रतिरक्षामा
- विदेश भ्रमणमा सरकारको कीर्तिमानी ब्रह्मलुट
- कोरियाको निर्माण र सेवा क्षेत्रमा नेपालीलाई रोजगारी
- लाभांश घोषणामा ढिलाइ
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया