लक्ष्मी सनराइज बैंकको दशैँ योजना
काठमाडौं । लक्ष्मी सनराइज बैंकले दशैँ योजना सार्वजनिक गरेको छ । दशैँलाई लक्षित गरी बैंकले ’दशैँ आयो’ योजना सार्वजनिक गरेको हो । असोज १८ देखि कात्तिक ३० गतेसम्म लागू भएको योजनाअन्तर्गत लक्ष्मी बैंकको मोबाइल मनी, डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगमा क्यासब्याक प्राप्त गर्न सकिनेछ ।
परम्परागतरूपमा दशैँमा गरिने गतिविधिहरू मीठो खानपिन, भ्रमण, शपिङ तथा रमाइलोलाई ध्यानमा राखी यो योजना ल्याएको हो । पहिलो अफर ’घुम्न जाउँला’मा बैंकको मोबाइल मनी प्रयोग गरी बस र हवाई टिकट खरिद गर्दा क्रमशः दुई सय ५० र पाँच सय रुपैयाँको क्यासब्याक पाउन सकिनेछ । यो अफर असोज १८ गतेदेखि कात्तिक ९ गतेसम्म लागू हुनेछ भने क्यासब्याक प्राप्त गर्नका लागि मोबाइल मनीमार्फत टिकट काट्नुका साथै यो अवधिभित्र कुनै एक बिल भुक्तानी पनि गर्नुपर्नेछ ।
अर्को अफर ’सपिङ गरौँला’मा भाटभटेनी सुपरमार्केटमा सामान खरिद गरी क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत वा बढीमा एक हजार रुपैयाँसम्मको क्यासब्याक पाउन सकिनेछ । यो योजना असोज २७ गतेदेखि कात्तिक तीन गतेसम्म लागू रहनेछ । यसैगरी ’खाउँला पिउँला’ योजनामा असोज् २८ गतेदेखि कात्तिक १२ गतेसम्म फुडमान्डु एपबाट अर्डर गरी बैंकको डेबिट÷क्रेडिट कार्ड वा मोबाइल मनीबाट अनलाइन भुक्तानी गर्दा प्रतिदिन प्रतिव्यक्ति २० प्रतिशत वा बढीमा दुई सय रुपैयाँसम्म क्यासब्याक पाउन सकिनेछ । यसै अफरअन्तर्गत केएफसी तथा पिज्जा हटका कुनै पनि आउटलेटमा डेबिट कार्ड वा क्रेडिट कार्डको ‘ट्याप एन्ड पे’ फिचर प्रयोग गरी भुक्तानी गर्दा प्रतिदिन प्रतिव्यक्ति २० प्रतिशत वा बढीमा पाँच सय रुपैयाँसम्म क्यासब्याक पाइनेछ ।
‘रमाइलो गरौँला’ अफरअन्तर्गत क्यूएफएक्स सिनेमा हलहरूमा टिकट खरिद गर्दा बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल मनीमार्फत भुक्तानी गर्दा २५ प्रतिशत वा बढीमा पाँच सय रुपैयाँसम्म एक पटक क्यासब्याक प्राप्त गर्न सकिनेछ । यो योजना कात्तिक महिनाभरि लागू हुनेछ । क्यासब्याक अफरहरूबाहेक असोज २५ गतेदेखि कात्तिक २५ गतेसम्म विदेशबाट रेमिट्यान्स पठाउँदा पाँच सय एक रुपैयाँ दक्षिणा प्राप्त गर्न सकिनेछ । यो योजना ‘मेरो भूमि’ रेमिट्यान्स खातावाला ग्राहकहरूका लागि ५० हजार रुपैयाँभन्दा बढी रेमिट्यान्स पठाउँदा मात्र मान्य हुनेछ । सबै योजनाहरूमा क्यासब्याक अफर सकिएपछि प्रदान गरिने बैंकको भनाइ छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
- सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन बुझाइयो
- विराटनगरको कवाडी पसलको आगलागीबाट तीनको मृत्यु, तीन जनाको उपचार हुँदै
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया