ग्लोबल आईएमई बैंकका ग्राहकलाई दशैँमा छुटैछुट
काठमाडौं । ग्लोबल आईएमई बैंकले बडादशैँको अवसरमा ‘ग्लोबल आईएमई बैंकको साथमा दशैँ रमाइलो’ भन्ने नारासहित विभिन्न डिजिटल कारोबारहरूमा छुट तथा क्यासब्याक योजनाहरू सार्वजनिक गरेको छ ।
बैंकको डेबिट तथा क्रेडिट कार्डबाहकले आफूलाई आवश्यक सामान खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पस मेसिनबाट भुक्तानी गर्दा तीन सयदेखि पाँच सय रुपैयाँसम्मको नगद फिर्ता हुनेछ । यस नगद फिर्ता योजनामार्फत बैंकको डेबिट तथा क्रेडिट कार्डबाहकहरूले योजना अवधिभर कम्तीमा एक हजार रुपैयाँको तीनवटा कारोबार गरेमा तीन सय तथा पाँच वा सोभन्दा बढी पटक कार्डको प्रयोग गरी भुक्तानी गरेमा पाँच सय रुपैयाँको नगद फिर्ताबाट लाभान्वित हुन सकिनेछ ।
यस्तै मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरूलाई लक्षित गरी छुट योजना पनि सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले आफूलाई आवश्यक सरसमानहरू खरिद गर्दा क्यूआर कोड स्क्यानमार्फत भुक्तानी गर्दा दशैँ प्रोमो कोड प्रयोग गरी आफ्नो खरिद मूल्यमा १० प्रतिशत वा अधिकतम तीन सय रुपैयाँसम्मको नगद छुट पाउने बैंकले जनाएको छ । यो योजना असोज २८ गते घटस्थापनाको दिनदेखि कात्तिक ७ गते बडादशैँको दिनसम्म लागू हुने बैंकले जनाएको छ ।
बैंकले तीन सय ५० वटा शाखा, तीन सय ६९ वटा एटीएम, तीन सय २२ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरूमाझ बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
- पोखरामा दुई दिन ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
- केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी
- भ्रष्टाचार मुद्दाका पाँच जना फरार व्यक्ति पक्राउ
- आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ
- रमेश कर्प र बोनजोय ट्राभलबीच सम्झौता
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया