फेडेरल रिइन्स्योरेन्स ब्रोकरको साधारणसभा
काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट इजाजतपत्रप्राप्त नेपालकै पहिलो पब्लिक लिमिटेड कम्पनी फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले बिहीबार रजिष्र्टड कार्यालय काठमाडौंको नक्सालमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभामा संस्थापक समूहबाट रिक्त सञ्चालक पदमा विराटनगर–१२, मोरङ निवासी नमिता शर्मालाई बाँकी कार्यकालका लागि नियुक्त गरेको छ । साथै, सामान्य प्रस्तावतर्फ सञ्चालक समितिकोे वार्षिक प्रतिवेदन, २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त हुने प्रस्ताव पारित गरेको छ ।
विशेष प्रस्तावतर्फ सर्वसाधारणलाई सेयर निष्काशन, कम्पनी गाभ्ने वा गाभिन, विदेशी साझेदार वा लगानीकर्ता भित्र्याउन तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । उक्त समारोहमा संस्थालाई योगदान पु-यााउने संस्था, व्यक्ति तथा कर्मचारीहरुलाई सम्मान प्रदान समेत गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- ११ कार्टुन सुकमेल सुख्खा बन्दरगाह भन्सारबाट चोरी
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
- हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात सुरु
- सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी : महासचिव गुरुङ
- सातदोबाटोमा नेपाली जुत्ताघर सञ्चालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया