सिटिजन्स बैंकको साधारणसभा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले शुक्रबार सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
साधारणसभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको एनएफआरएसबमोजिम तयार गरिएको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका एकीकृत वित्तीय विवरणहरू स्वीकृत भएको छ । त्यसैगरी साधारणसभाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट पाँच दशमलव ७९ प्रतिशतका दरले हुनआउने ८२ करोड २१ लाख ६१ हजार छ सय ५३ रुपैयाँबराबरकोे नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।
साधारणसभाबाट प्रबलजङ्ग पाण्डे, सीता कार्की (केसी), सजन शर्मा र दिग्विजय विष्ट बैंकको सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका छन् । सभाका अध्यक्षले सेयरधनीहरूबाट प्राप्त सुझावअनुसार बैंकको कामकारबाही सञ्चालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्नसक्ने विश्वास सभालाई गराए । साथै संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरूमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सबल तथा सुदृढ बनाउँदै जानेतर्फ बैंक प्रतिबद्ध रहेको कुरा जानकारी गराए ।
बैैंकले हाल देशैभर एक सय ८८ शाखा कार्यालय, एक सय ४८ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १६ लाख ६२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- मिटरब्याजीले लिएको सात कठ्ठाबढी जग्गा छलफलबाट फिर्ता
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया