घरजग्गा र शेयरबजारमा लगानी गर्दा सहकारीमा समस्या आयोः अध्यक्ष दाहाल
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशिराज दाहालले अनुत्पादन क्षेत्रमा लगानी गरेका कारण सहकारीहरु समस्यामा परेको बताएका छन् । राष्ट्रिय सहकारी बैंकद्वारा आयोजित लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी, २०८० मा सहकारीको विद्यमान संकट सामनाःरणनिति र भावी कार्यदिशामाथि कार्यपत्र प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष दाहालले लगानीको कार्ययोजना बिना नै सहकारी संस्थाहरुले घरजग्गा र शेयर बजारलगायत अनुत्पादन क्षेत्रमा लागानी गर्दै गएकाले सहकारीमा समस्या आएको बताए । उनले सहकारीको विधिशास्त्र नै परिवर्तन गर्न आवश्यक रहेको समेत बताए । सहकारीलाई वित्तीय संस्थाको रुपमा सञ्चालन गर्ने प्रवृत्ति अपनाउनुपर्ने भन्दै उनले सहकारीको विधिशास्त्र र संरचनामा पुनर्विचार गर्नुपर्नेमा जोड दिए । स्वःनियमन र व्यवस्थापनमा चलेका सहकारीमा समस्या नरहेको उनको भनाइ छ ।
सहकारी सञ्चालन गर्न सक्ने क्षमता नभएका व्यवस्थापकले सञ्चालन गरेका सहकारीमा मात्रै समस्या आइरहेको बताउँदै उनले पछिल्लो समय कोरोना महामारीपछि विश्व अर्थतन्त्रमा परेको आर्थिक मन्दीको असर सहकारी क्षेत्रमा परेको जनाए । सहकारीका सदस्यहरुप्रति सञ्चालकहरु जवाफदेही र पारदर्शी नभएको समेत बताउँदै उनले सहकारीको लेखा सुपरिवेक्षण समितिमा तालिम प्राप्त र अनुभवि व्यक्तिको अभाव रहेको सुनाए । थप मुलुकमा आवश्यकता भन्दा बढी सहकारीहरु दर्ता भएका कारण पनि सहकारी क्षेत्रमा समस्या आएको बताउँदै उनले सहकारीको एउटै कानुनबाट वित्तीय विवरणहरुको काम हुदाँपनि समस्या आइरहेको बताए ।
बचतकर्ताहरुलाई ठगेर भागेका सहकारीलाई कारबाही गर्नुको साटो उल्टै संरक्षण गरिदै लगेको आरोप लगाउँदै उनले भने, ‘निमयनकारी निकायमको पाटो कमजोर छ । खराब अवस्थामा रहेको सहकारीलाई कारबाही गर्नुको सट्टा संरक्षण गर्दै लगिएको छ । यसले गर्दा पनि सहकारीको विस्वशनीयता घट्दै गएको हो ।’ साथै, उनले समस्याग्रस्त सहकारीको अनुगमन र अभियान पनि सक्रिय हुन आवश्यक रहेको बताए ।
सो अवसरमा कार्यपत्रमाथि टिप्पणी गर्दै दाहालले राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले व्यवस्थापन बिना नै सहकारीहरुलाई स्थानीय तह, प्रदेश र संघीय तहमा विभाजन गर्नुनै समस्या रहेको बताए । उनका अनुसार बजारमा देखिएको आर्थिक मन्दी र तरलता अभावसँगै केही गलत नियत भएका सहकारी संस्थाहरुका कारण आम सहकारीहरुमा समस्या थपिदै गएको हो । सहकारीमा देखिएका समस्या समाधानका लागि राज्यले ऐनमा भएका कर्जा सूचना केन्द्र, बचत तथा कर्जा सुरक्षण कोष र कर्जा असुली न्यायाधीकरण तत्काल कार्यान्वयनमा ल्याउनुपर्नेमा उनले जोड दिए । यसका साथै उनले ऐन कानुनमा भएका प्रावधानहरुलाई लेखा समितिले दायित्वमा लिएर कार्यान्वयन गर्न नसकेर सहकारीमा समस्या आएको बताए ।
कार्यपत्रमाथि टिप्पणी गर्दै प्रहरी वरिष्ठ उपरिक्षेक दिनेश आचार्यले स्थानीय, प्रदेश र संघीय तहको कानुन बाँझिएका कारण गलत काम गर्न नसकिएको बताए । उनले संस्था स्थापना गर्दाका बखत राखिएका उद्देश्य अनुरुप काम गर्ने हो भने सहकारीमा समस्या नआउने बताए ।
कार्यक्रममा सहभागीहरुले गलत गर्ने सहकारीले गर्दा राम्रो गरेका र सुशासनमा चलेका सहकारीहरु पनि बदनाम हुँदै गएको बताए । यसका साथै राष्ट्रिय गोष्ठीमा लेखा परिक्षकबाट सञ्चालक समिति, लेखा समिति र व्यवस्थापनले गर्ने नीतिगत भ्रष्टाचार जानकारी प्रस्तुत गर्न आवश्यक रहेको बताइएको थियो । सो कार्यपत्रको अध्यक्षता राष्ट्रिय सहकारी बैंकका सल्लाहकार लिलामणी पोखरेलले गरेका थिए ।
राष्ट्रिय सहकारी बैंकको आयोजनामा बिहीबारदेखि राजधानीमा जारी लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी ७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । ‘दिगो, पारदर्शी र जोखिम रहित सहकारीः लेखा सुपरिवेक्षण समितिको जिम्मेवारी’ भन्ने मूख्य विषयवस्तुमा केन्द्रित रही गोष्ठी दुई दिन चलेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- प्रधानमन्त्रीसँग बङ्गलादेशका मन्त्री हसनको शिष्टाचार भेट
- कृषकका उत्पादनको सरकारले बजारीकरण गर्छ: मन्त्री भण्डारी
- विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण
- विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन
- पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर
- जलेश्वरको प्रसिद्ध राजदेवी माता मन्दिर डुबानमा
- बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार: गृह मन्त्रालय
- ह्वाट्सएपद्वारा नयाँ भिडियो कल अपडेटको घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया